जाजरकोट – जिल्लाको जुनीचाँदे गाउँपालिका अध्यक्षमा पूर्व माओवादीबाट निर्वाचित घुस्याहा अध्यक्ष कृष्णबहादुर केसी रङ्गेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ८ लाख घुस लिने क्रममा उनलाई रङ्गेहात पक्राउ गरेको हो ।
वीरेन्द्रनगरमा अध्यक्ष केसीसहित अर्का एक व्यक्ति चन्द्रबहादुर घुससहित रङ्गेहात पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रवक्ता मेघराज सापकोटाले बताएका छन् ।
सडक निर्माण उपभोक्ता समितिको बिल पास गरिदिने नाममा घुस मागेको जानकारी आएपछि अख्तियारले उपभोक्ता समितिका पदाधिकारीको सहयोगमा दुवै जनालाई नियन्त्रणमा लिएको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।