आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रचण्डलाई बाबुरामको व्यंग्यः प्रचण्ड आफैं खड्गप्रसादको पिंजडामा छटपटाइरहेका छन्

प्रचण्डलाई बाबुरामको व्यंग्यः प्रचण्ड आफैं खड्गप्रसादको पिंजडामा छटपटाइरहेका छन्

  • बिहिवार, माघ ९ २०७६

  • 8.7K
    SHARES

  • काठमाडौं– समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पाटी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेकपामा आउन गरेको आग्रहलाई ठाडै अस्विकार गरेका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्डले भट्टराईसँगै अशोक राईलाई नेकपामा आउन आग्रह गरेका थिए । प्रचण्डले भट्टराई, उपेन्द्र यादव र राईलाई स–साना चुल्हो चौकामा बसेर झमेला गर्नुभन्दा नेकपामै आउन आग्रह गरेका थिए । तर, भट्टराईले विहिबार ट्वीटर मार्फत जवाफ फर्काउँदै प्रचण्ड आफैं केपी शर्मा ओलीको पिंजडामा फसेको बताएका छन् । उनले शिकार गर्न नसक्ने बुढो बाघले हातमा सुनको बाला लिएर बुटवाको सिकार गरे झैं खड्गप्रसादको पिंजडामा प्रचण्ड आफैं छटपटाइरहेको बताएका छन् । ‘पंचतन्त्रको ‘कंकड लुब्ध पान्थ कथा’ मा शिकार गर्न नसक्ने बुढो बाघले हातमा सुनको बाला लिएर वटुवाको शिकार गरे झैं आफैं खड्गप्रसादको पिंजडामा फसेर छट्पटाइरहेका पुष्पकमलले हामीलाई पनि पिंजडामा आउन आग्रह गरेछन् ! आफैं त महादेव उत्तानो टाँगसकस्लाई दिने वर......?,’ भट्टराईले ट्वीटमा भनेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, माघ ९ २०७६११:१२:४१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend