काठमाडौं– कालीकोटको तिलागुफा नगरपालिका उपप्रमुख (उपमेयर) दन्ता नेपाली (दर्शना) चार महिनादेखि ‘सम्पर्कविहीन’ भएकी छन् । भ्रमणका लागि अमेरिका गएकी उनी अमेरिकामै लुकेकी हुन् ।
नगरपालिका संघमार्फत गोष्ठीमा सहभागी हुन गत कात्तिकमा अमेरिका गएकी नेपालीले कुनै खोजखबर नपठाएको र जानकारी पनि नगराएको मेयर रत्नबहादुर शाहीले जानकारी दिए ।
‘नगरपालिका संघले उहाँलगायत केही नगरपालिकाका मेयर– उपमेयरलाई अमेरिकाको एउटा गोष्ठीमा सहभागी गराएको बुझेको छु । उपमेयरले भ्रमणमा जान्छु भनेपछि स्वीकृत पनि भयो । त्यसपछि उहाँ फर्कनुभएको छैन,’ उनले भने ।
अमेरिका पुगेपछि उपमेयरसँग एकपटक मात्रै सम्पर्क भएको र बिरामी भएकाले फर्कन नसकेको जानकारी गराएको मेयर शाहीको भनाइ छ । अहिले शाहीको फेसबुक खाता पनि निष्क्रिय छ । उनले बिरामी छु । फर्कने तयारी गरिरहेको छु भन्नेसम्म जानकारी दिइन् त्यसपछि उनी सम्पर्कमा छैनन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।