आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ओली सरकारविरुद्ध आन्दोलन चर्काउन १५ दिने म्याद, यस्तो छ चेतावनी

ओली सरकारविरुद्ध आन्दोलन चर्काउन १५ दिने म्याद, यस्तो छ चेतावनी

  • बुधवार, माघ ८ २०७६

  • 4.4K
    SHARES

  • काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई कैलालीको टीकापुर घटनाबारे छानबिन गर्न गठित समितिको प्रतिवेदन सार्वजनिक गर्न १५ दिने म्याद दिँदै थरुहट थारुवान राष्ट्रिय मोर्चाले आन्दोलन गर्ने चेतावनी दिएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी समितिले टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न गठित पूर्व न्यायाधीश गिरिशचन्द्रलाल र राष्ट्रिय अनुसन्धानका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । २०७२ भदौ ७ गते टीकापुरमा भएको हिंसात्मक झडपमा ६ महिने बालक र ८ प्रहरीको मृत्युको घटना भएको थियो । घटनामा संलग्न भएको ठहर गर्दै जिल्ला अदालत कैलालीले निर्वाचन क्षेत्र नम्बर १ कैलालीबाट निर्वाचित सांसद रेशमलाल चौधरीलाई जन्मकैदको सजाय गरेको छ भने अन्य केही नेता जेल बसेर छुटेका छन् । जेलबाट छुटेका लक्ष्मण थारु मोर्चाका संयोजक रहेका छन् । मोर्चाले १० बुँदे माग अघि सार्दै ओली सरकारलाई १५ दिने म्याद दिएको छ । मोर्चाले प्रधानमन्त्री ओली र राजनीतिक पार्टीलाई अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउने, प्रचारात्मक तथा जागरण अभियान सञ्चालन गर्ने जनाएको छ । माग पूरा नभए आन्दोलन गर्ने मोर्चाले जनाएको छ । ‘टीकापुर घटनाका बेला बनाएका आयोगहरूको प्रतिवेदन किन सार्वजनिक गरिँदैन ? रेशम चौधरीलाई झूटा अभियोगमा जेल हालिएको छ । त्यतिबेला गठन भएका आयोगहरूको प्रतिवेदन सार्वजनिक गरिनुपर्छ,’ थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक थारुले भने । माघ १ गते माघी पर्वको अवसरमा थारु समुदायद्वारा आयोजित कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसद रेशम चौधरीलाई छुटाउन आफूले पहल गरिरहेको घोषणा गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, माघ ८ २०७६०१:३८:२८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend