सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

सांसद भएका दिपक मनाङ्गेले छाडेनन् गुण्डागर्दी, कम्युनिस्टको आडमा अध्यक्षमाथि कुटपिट

सांसद भएका दिपक मनाङ्गेले छाडेनन् गुण्डागर्दी, कम्युनिस्टको आडमा अध्यक्षमाथि कुटपिट

  • मंगलवार, माघ ७ २०७६

  • 4.6K
    SHARES

  • पोखरा – गुण्डा नाइके भनेर चिनिएका राजीव गुरुङ उर्फ दीपक मनाङ्गेले गण्डकी प्रदेशसभा सांसद भइसक्दा समेत नसुध्रिएको देखिएको छ । तत्कालीन नेकपा एमालेको समर्थन पाएर प्रदेशसभा सांसद भएका मनाङ्गेले कम्युनिस्ट सरकारको आडमा गुण्डागर्दीलाई कायमै राखेका छन् । मंगलबार उनले अखिल नेपाल फुटबल संघ (एन्फा) का कास्की अध्यक्ष मिलन गुरुङमाथि कुटपिट गरेको घटना सार्वजनिक भएको छ । मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै मनाङ्गेले अध्यक्षमाथि कुटपिट गरेका हुन् । प्रतियोगिता उद्घाटन गर्न आएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई स्वागत गर्ने तयारी भइरहेका बेला मनाङ्गेले गुरुङलाई झापड हानेका छन् । एन्फा कास्कीका अध्यक्ष गुरुङका अनुसार मनाङ जिल्लाको खेलाडीको खेल भोलिदेखि भएपनि सांसद मनाङ्गेले मनाङबाट आएका खेलाडीले १ हप्तादेखि भत्ता पाउनुपर्ने माग गर्दै गुण्डागर्दी देखाइरहेका छन् । ‘हामीले दिन सक्दैनौं भनेपछि हात हाल्नुभयो,’ गुरुङले घटनाबारे बताउँदै भने । स्वतन्त्र उम्मेदवार भई चुनाव जितेपछि सांसद भएपछि मनाङ्गे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । कम्युनिस्टको आडमा मनाङ्गेले गुण्डागर्दीलाई निरन्तरता दिएका छन् । मुख्यमन्त्री गुरुङले मनाङ्गेलाई पार्टीमा स्वागत गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, माघ ७ २०७६०१:४२:४४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend