काठमाडौं- मकवानपुरको दामन रिसोर्टमा आफ्ना ८ नागरिकको मृत्यु भएको घटनाबारे भारतले दुःख व्यक्त गरेको छ । भारतीय विदेश मन्त्री एस जयशंकरले घटनाबारे दुस्ख व्यक्त गरेका हुन् । उनले मंगलबार ट्वीट गर्दै भनेका छन्, ‘नेपालमा ८ भारतीय पर्यटकको मृत्यु भएको समाचारले मर्माहत भएको छु।
काठमाडौंस्थित हाम्रो दूतावासले घटनाक्रमलाई नजिकबाट पछ्याइरहेको छ। दूतावासका अधिकारीहरू अस्पतालमा खटिएका छन् र आवश्यक सहयोग गरिरहेका छन्।’
यसअघि केरलाका मुख्यमन्त्री पिनाराई विजयनले विदेशमन्त्री जयशंकरलाई पत्र लेख्दै आफ्नो राज्यका नागरिकको विदेशमा मृत्यु भएकाले आवश्यक सहयोग गरिदिन अनुरोध गरेका थिए।
नेपालले भने दूतावासमार्फत् मृतकको शव आफन्तलाई बुझाउने तयारी गरेको छ।सोमबार थाहा नगरपालिका–४ सिमभञ्ज्याङस्थित रिसोर्टमा बसेका भारतीय पर्यटक मंगलबार बिहान अचेत अवस्थामा भेटिएका थिए। उनीहरूलाई हेलिकप्टरमा काठमाडौं ल्याइएकोमा मृत्यु भएको थियो।
मृतकहरू भारत केरलाका हुन्। मृत्यु हुनेमा ३८ वर्षीय रन्जित कप, ३४ वर्षीया इन्द्र, ३७ वर्षीय प्रवीण, ३२ वर्षीया सरिया, ५ वर्षीय अभि, ७ वर्षीया अर्चना, ५ वर्षीय वैशनव र ९ वर्षीया बन्द्रा छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।