आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेकपाले सापकोटालाई सभामुखको उम्मेदवार बनाएपछि विच्कियो कांग्रेस, जनायो आपत्ति

नेकपाले सापकोटालाई सभामुखको उम्मेदवार बनाएपछि विच्कियो कांग्रेस, जनायो आपत्ति

  • सोमवार, माघ ६ २०७६

  • 4.0K
    SHARES

  • काठमाडौं– नेपाली कांग्रेसले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सभामुखको उम्मेदवार अग्नि सापकोटालाई बनाएकोमा आपत्ति जनाएको छ। प्रवक्ता विश्वप्रकाश शर्माले समाजिक सञ्जालमार्फत नेकपाको निर्णय प्रति आपत्ति जनाएका हुन् । ‘राजनीतिमा अनेक पात्र र प्रवृत्ति हुन्छन् । कुन पदमा कस्तो प्रवृत्ति? छनौट उचित भएन भने त्यो पदको गरिमा त धरापमा पर्छ नै राजनीतिप्रति नै थप वितृष्णा बढ्छ,’ सभामुखको उम्मेदवार प्रकरणमा प्रवक्ता शर्माले लेखेका छन्, ‘श्री पशुपतिनाथले बहुमतधारी नेकपालाई सद्बुद्धि प्रदान गरुन्।’ दल अथवा सरकारको नेतृत्वभन्दा संसदको नेतृत्व राम्रो हुनु पर्ने शर्माको भनाई छ। ‘दल या सरकारको नेतृत्व भन्दा संसदको नेतृत्व फरक गरिमा, सालिनता र सन्तुलनको संस्कारगत छवि समेत अनुभुती हुनुपर्ने जिम्मेवारी हो,’ उनले लेखेका छन्,‘सत्य निरुपणको टेबुलमा थियो त अलग कुरा अन्यथा अदालतमा विचाराधीन मुद्दामा के उन्मुक्ति दिने अधिकार राख्ने थलो हुन् राजनैतिक दल या संसद ?’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ ६ २०७६०९:३५:४४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend