गोरखा–नेपाली कांग्रेसका युवा नेता रामहरी खतिवडाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई गम्भिर आरोप लगाएका छन् । उनले वर्तमान सरकार नाता र दातामा लागेको बताएका हुन् ।
सोमबार प्रेस युनियन गोरखाले आयोजना गरेको पत्रकार भेटघाटमा उनले बालुवाटार बाट सिंहदरबार जान नसक्ने प्रधानमन्त्री भएको र उनको उहाँको वरपर बस्नेहरुले देश चलाएको बताए ।
उनले ओली नेतृत्वको सरकार भष्ट्राचारमा चुर्लुम्म डुबेको समेत बताए । सरकार सँग जनताले गरेको ठूलो अपेक्षा पुरा हुन नसकेको उनको भनाइ थियो ।
‘यतीलाई जग्गा दिने, निर्मला पन्तको हत्यारा पत्ता नलगाउने, ३३ किलो सुन फेला नपार्ने, सीमा मिचिँदा सरकार मौन बसेको, जस्ता मुद्धले सरकारको काम छर्लङ भएको छ,’ उनले भने ।
उनले नेपाल कम्युनिस्ट पार्टी भित्र दुईवटा पाईलटले आफ्नो मान्छे भर्ति गर्न खोज्दा सभामुख चयन गर्न चार महिना लागेको बताए । खतिवडाले नेकपाको बिभाजन पाँच वर्ष भित्रै हुने ठोकुवा गर्दै भने ‘यो सरकार ५ वर्ष जाने छाँट छैन, बिचमै मद्यावधी चुनाव हुनेछ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।