आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

हत्याको अरोप लागेका सभामुखका उम्मेदवार सापकोटा विरुद्धको मुद्धाको पेशी माघ २२ मा

हत्याको अरोप लागेका सभामुखका उम्मेदवार सापकोटा विरुद्धको मुद्धाको पेशी माघ २२ मा

  • सोमवार, माघ ६ २०७६

  • 5.7K
    SHARES

  • काठमाडौं– सशस्त्र यद्धताका व्यक्ति हत्याको आरोप लागेका नेकपा स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा परेका तीन वटा मुद्दामाथि माघ २२ गते सुनुवाई हुने भएको छ।

    सत्तारुढ दल नेकपाले सभामुखमा प्रस्ताव गरेका सापकोटाविरुद्ध अदालतमा परेको एउटा मुद्दा र दुई वटा रिटमाथि सुनुवाई गर्न सर्वोच्च अदालतले माघ २२ गतेका लागि पेशी तोकेको हो।

    २०६२ वैशाख १६ गते तत्कालीन माओवादीको अपहरणमा परेका काभ्रे छत्रेबाँझका अर्जुन लामाको शव दुई महिनापछि काभ्रेकै साविक बुढाखानी गाविसको चारकिल्ला भन्ने ठाउँमा गाडेको अवस्थामा फेला परेको थियो।

    लामाको हत्यामा सापकोटा र सूर्यमान दोङ संलग्न भन्दै लामाकी श्रीमती पूर्णिमाया लामाले दायर गरेको जाहेरी दरखास्तलाई २०६४ असार २६ गते काभ्रे जिल्ला प्रहरी कार्यालयले सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत् मिलाइने भन्दै दरपिठ गरेको थियो ।

    तर, सर्वोच्चको आदेशमा दर्ता गरिएको उक्त मुद्दालाई २०६९ साउनमा मन्त्रिपरिषदले तामेलीमा राख्ने निर्णय गरेको थियो। त्यसपछि मन्त्रिपरिषदको उक्त निर्णय कार्यान्वयन नगर्न अदालतले ११ मंसीर २०६९ मा अर्को आदेश जारी गर्नु परेको थियो।

    सोही मुद्दाको पुनरावेदन सर्वोच्चमा आएको हो। सर्वोच्च अदालतको संवैधानिक इजलासले उक्त मुद्दामा सापकोटाविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा परेको उजुरीको प्रतिलिपि मगाउन गत असार २५ गते आदेश जारी गरेको थियो।

    सर्वोच्चको संवैधानिक इजलाश शाखाकाअनुसार पूर्णिमायाले सापकोटा र दोङविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा दर्ता भएको लिखित उजुरीको प्रतिलिपि आयोगले अदालतलाई पठाइसकेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ ६ २०७६०४:१४:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend