आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

न्याय हराएको देश भन्दै कांग्रेस नेता गुरूङले लेखेः सापकोटालाई बधाई, अर्जुन लामाको चिर शान्तीको कामना !

न्याय हराएको देश भन्दै कांग्रेस नेता गुरूङले लेखेः सापकोटालाई बधाई, अर्जुन लामाको चिर शान्तीको कामना !

  • सोमवार, माघ ६ २०७६

  • 9.8K
    SHARES

  • काठमाडौं– सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले अग्नी सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेसँगै सामाजिक सञ्जालमा विभिन्न खालका टिकाटिप्पणी भइरहेका छन् । यही क्रममा नेपाली कांग्रेसका युवा नेता धनराज गुरूङले समेत फेसबुक मार्फत तिर फालेका छन् ।

    गुरूङले सापकोटालाई बधाई दिँदै अर्जुन लामाको चिर शान्तिको कामना गरेका छन् । सापकोटा माथि लामाको हत्यामा संग्लग्न भएको अरोप छ । गुरूङले लेखेका छन्, ‘माननीय अग्नि सापकोटालाई वधाई ज्ञापन गर्दै काभ्रेका अर्जुन लामाको आत्मको चीर शान्तिको कामना गर्दछु। न्याय हराएको मेरो देश !’

    सापकोटामाथि काभ्रे छत्रबाँझका लामाको हत्यामा संलग्न भएको अभियोग छ। लामाकी श्रीमती पूर्णिमायाले २०६९ मंसिर ७ गते सापकोटा, पूर्वसहायक ऊर्जामन्त्री सूर्यमान दोङलगायतलाई विपक्षी बनाएर मुद्दा दायर गरेकी थिइन्। यद्यपी यो मुद्दालाई सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत सुल्झाउने सहमति बनेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ ६ २०७६०३:४२:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend