आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सापकोटा सभामुखको उम्मेदवार बन्दा सामाजिक सञ्जालमा हंगामा, बलात्कार आरोपीको ठाउँमा हत्या आरोपी ?

सापकोटा सभामुखको उम्मेदवार बन्दा सामाजिक सञ्जालमा हंगामा, बलात्कार आरोपीको ठाउँमा हत्या आरोपी ?

  • सोमवार, माघ ६ २०७६

  • 7.7K
    SHARES

  • काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेपछि सामाजिक सञ्जालमा तीव्र विरोध भइरहेको छ । सापकोटा विरुद्ध काभ्रेका अर्जुन लामा हत्या आरोपको मुद्दा संवैधानिक इजलासमा रहेको भन्दै आलोचना र व्यंग्यात्मक टिप्पणीहरु सामाजिक सञ्जालमा गरिएका छन्।

    उनलाई सभामुख बनाउने निर्णय विरोध गर्दै अधिवक्ता सन्तोष सिग्देलले बलात्कारको आरोप लागेपछि हटाइएको व्यक्तिको पदपूर्ति हत्या आरोपीबाट गरिएको उल्लेख गरेका छन्। उनी लेख्छन्, ‘अजब देशको गजब पाराः बलात्कारको आरोप लगाएर हटाएको व्यक्तिको पदपूर्ति गर्न हत्या आरोप लागेको व्यक्तिमा सहमति । ओई, कोही आओ न, मेरो देशमा मात्र लागू हुने विधीको शासनको परिभाषा गरिदेओ।’

    द्वन्द्वपीडित सुमन अधिकारीले उनी विरुद्ध मुद्दा विचाराधीन रहेको सम्झाएका छन् । उनी माओवादीद्वारा मारिएका मुक्तिनाथ अधिकारी छोरा हुन्।

    पत्रकार फणिन्द्र संगम द्वन्द्वकालिन ज्यान मुद्दामा डामिएको व्यक्ति सभामुख बनिरहेको भन्दै व्यंग्य गर्छन्, ‘द्वन्द्वकालिन ज्यान मुद्दामा डामिएका अग्नि सभाकोटा सभामुख बन्दै, पाँच हजार मारेको खुलेआमा स्वीकार्ने अध्यक्ष ।’ उनी हालै कुमार नगरकोटीले लेखेको कथासँग यसलाई जोड्दै ठट्टा गर्छन्, ‘नगरकोटीको भेटमा कार्ल माक्र्स भन्ने थालेका छन्– मलाई माक्र्सवादीहरुसित निकै डर लाग्न थालेको छ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ ६ २०७६०३:२१:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend