काठमाडौं – आज सोमवार देशको मध्य र पश्चिम उच्च पहाडी तथा हिमाली भेगमा वर्षा र हिपात हुने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।
सोमवारदेखि फेरि पश्चिमी वायुको प्रभाव पर्ने भएकाले देशभरकै आकाशमा बादल लागेर उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ र पानी पर्ने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तराईका भूभागमा बिहानैदेखि लागेको कुहिरो पनि सोमवार दिनभर हट्ने सम्भावना छैन । काठमाडौंसहित मध्य र पूर्वका केही ठाउँमा भने अहिले बिहान घाम लाग्ने तर दिउँसो १२ बजेपछि बदली हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताए ।
अबको १–२ दिन देशका केही ठाउँमा सामान्य पानी र हिउँ पर्ने सम्भावना रहेको छ भने अरु ठाउँको मौसम पनि पूर्णरुपमा खुल्ने सम्भावना छैन । सोमवार बिहान पौने ६ बजेको काठमाडौंको तापक्रम १ दशमलव ५ डिग्री सेल्स्यिस मापन गरिएको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।