काठमाडौं – सोनाम ल्होछार पर्वका अवसरमा आगामी माघ १० गतेदेखि लगातार ३ दिनसम्म सार्वजनिक बिदा दिने निर्णय काभ्रेको रोशी गाउँपालिकाले गरेको छ ।
पर्वलाई भव्यताका साथ मनाउन माघ १०, ११ र १२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।
संविधानतः सबै धर्म समुदायको समान अधिकार भए अनुरुप सबै पर्वमा सार्वजनिक बिदा दिँदै आएको गाउँपालिका अध्यक्ष दलबहादुर लामाले बताएका छन् ।
‘सबै पर्वलाई उल्लासमय बनाउन राष्ट्रिय एवम् स्थानीय सबै पर्वमा सम्मानजनक ढंगले गाउँपालिकामा सार्वजनिक बिदा दिने गरिएको छ,’ उनले भने । उनका अनुसार ल्होछारका अवसरमा गाउँपालिकाका विभिन्न स्थानमा विभिन्न सांगीतिक कार्यक्रम समेत आयोजना गरिने छ ।
यसअघि माघ १ गते रीतिरिवाज, चाडपर्व तथा संस्कृतिको जगेर्ना गर्ने जनाउँदै माघे संक्रान्ति पर्वका अवसरमा पाँचखाल र मण्डनदेउपुर नगरपालिका तथा महाभारत र रोशी गाउँपालिकाले सार्वजनिक सूचनामार्फत् सार्वजनिक बिदा गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।