आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

गैरआवासीय नेपालीबाट नेपालले लाभ लिन सक्छ : कांग्रेस सहमहामन्त्री महत

गैरआवासीय नेपालीबाट नेपालले लाभ लिन सक्छ : कांग्रेस सहमहामन्त्री महत

  • आइतवार, माघ ५ २०७६

  • 7.3K
    SHARES

  • पोखरा – नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले गैरआवासीय नेपाली संघले नेपालभन्दा बाहिर भएका नागरिकलाई एकै ठाउँमा जोड्ने काम गरेको बताएका छन् । सहमहामन्त्री महतले गैरआवासीय नेपालीले विदेशमा गरेका अनुभवहरूबाट पनि नेपालले फाइदा लिन सक्ने बताएका छन् । आईतबार पोखराको रुपाकोटमा गैरआवासिय नेपाली महासंघको अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री महतले नेपालभन्दा बाहिर रहेका गैरआवासीय नेपालीहरूलाई केही लिमिटेसन राखेर नागरिकता दिनुपर्ने पनि तर्क गरे । देश बाहिर रहेका गैरआवासीय नेपालीलाई त्यहाँसम्म पुर्‍याउने हैसियत नेपाली आमाबुबा र दाजुभाइले नै बनाई दिएपनि महतले बताए । गैरआवासीय नेपाली नागरिकलाई अर्कै देशको नागरिक जस्तो व्यवहार गरेर ती नेपालीलाई नेपालबाट टाढा बनाउन नहुनेमा सहमहामन्त्री महतले जोड दिए । गैरआवासीय नेपालीलाई नेपालसँग जोडिन सहज बनाउने कानून बनाउन कहाँनिर सहयोग गर्नुपर्छ त्यहाँ सहयोग गर्न आफू तयार रहेको समेत प्रतिबद्धता व्यक्त गरे । डा. महतले नेपालको संविधान जारी हुँदा पनि आफूले गैरआवासीय नागरिकलाई नेपालसँग जोडिराख्न राजनीतिक अधिकारबाहेक अरु अधिकार दिने व्यवस्था गर्नमा भूमिका खेलेको बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ ५ २०७६०३:१८:२२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend