आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कम्युनिस्ट सरकारले ४ जना राज्यमन्त्री थप्दै, राज्यमाथि आर्थिक भार बढ्ने

कम्युनिस्ट सरकारले ४ जना राज्यमन्त्री थप्दै, राज्यमाथि आर्थिक भार बढ्ने

  • आइतवार, माघ ५ २०७६

  • 7.0K
    SHARES

  • काठमाडौं – देशभर रहेका संघ र विभिन्न प्रदेश सरकारका कम्युनिस्ट मन्त्रीहरूका कारण राज्यलाई चरम आर्थिक भार रहेको बेला प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गर्दै चार जना राज्यमन्त्री थप्ने भएका छन् । मुख्यमन्त्री राईले दुई मन्त्रालयमा मन्त्री पद खाली राखेर चार राज्यमन्त्री थप्न थालेका हुन् । मुख्यमन्त्री राईले ओखलढुंगाका अम्बिर गुरुङ, इलामका राम राना, झापाकी जसमाया गजमेर र मोरङका विजय विश्वासलाई राज्यमन्त्री बनाउन लागेका हुन् । चारै जनालाई आईतबार अपराह्न शपथ गराउने तयारी प्रदेश सरकारले गरेको छ । मुख्यमन्त्री शेरधन राईले जसमाया गजमेरलाई सामाजिक विकास मन्त्रालय, अम्बिर गुरुङलाई भौतिक पूर्वाधार, राम रानालाइ भूमि कृषि तथा सहकारी मन्त्रालय र विजय विश्वासलाई पर्यटन मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी दिने तयारी गरेका छन् । प्रदेशमा सात वटा मन्त्रालय रहेका छन् । मुख्यमन्त्री शेरधन राईले भौतिक योजना तथा पूर्वाधार विकास र भूमि, कृषि तथा सहकारी मन्त्रालय आफैं हेर्दै आएका छन् । पूर्वाधार मन्त्रालयमा उनले गुरुङलाई राज्यमन्त्री नियुक्त गर्न लागेका छन् । शनिवार पार्टीको प्रदेश कमिटीले खाली रहेका मन्त्रालयमा मन्त्री नियुक्त गर्न निर्देशन दिएको थियो । तर मुख्यमन्त्री राईले भने मन्त्री खाली राखेर राज्यमन्त्री नियुक्त गर्न लागेका हुन् । राज्यमन्त्रीको आईतबार ३ बजे शपथ कार्यक्रम राखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ ५ २०७६०८:४७:२९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend