आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

केपी ओलीको सपना चक्नाचुर गर्दै नेकपामा प्रचण्डको जीत !

केपी ओलीको सपना चक्नाचुर गर्दै नेकपामा प्रचण्डको जीत !

  • आइतवार, माघ ५ २०७६

  • 6.2K
    SHARES

  • काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सभामुखमा आफू निकटका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई ल्याउन चाहेका थिए । ओलीले यो सपना पूरा गर्न धेरै दिनसम्म संसदलाई बन्धक समेत बनाए । ओलीको सपना चक्नाचुर गर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेपाल) भित्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जितेका छन् । प्रचण्डले चट्टानी अडान लिएपछि ओली गलेका छन् र प्रचण्डको मान्छेलाई सभामुख बनाउन तयार भएका छन् । आईतबार बिहान अध्यक्षद्वय ओली र प्रचण्डबीच बालुवाटारमा भएको छलफलमा नेता अग्नि सापकोटालाई सभामुख बनाउने सहमति भएको छ । दुवै अध्यक्षको सहमति अनुमोदन गर्न अपराह्न ४ बजे नेकपा सचिवालय बैठक बोलाइएको छ । लामो समयदेखि प्रधानमन्त्री ओलीले सुवासचन्द्र नेम्वाङलाई सभामुख बनाउनुपर्ने अडान राख्दै आएपनि प्रचण्डले सभामुखको अडान छाडेनन् र ओलीलाई गलाए । वर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले पनि सभामुखमा दाबी गर्दै आएपनि नेकपाले उनलाई सभामुख नबनाउने भएको छ । नेकपाले सभामुखबाट राजीनामा दिन दिएको निर्देशन तुम्बाहाङ्फेले अस्वीकार गरेकी छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ ५ २०७६०८:२२:२७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend