आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

संसद नेकपाको विभाग होइन, पार्टीको बन्धक नबनाऊ !

संसद नेकपाको विभाग होइन, पार्टीको बन्धक नबनाऊ !

  • आइतवार, माघ ५ २०७६

  • 5.5K
    SHARES

  • काठमाडौं - सभामुख नहुँदा अहिले लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संघीय संसदको प्रतिनिधि सभा अवरुद्ध छ । तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन दुर्व्यवहार मुद्दामा पुर्पक्षका लागि थुनामा छन् । उनले आरोप लाग्‍नेवित्तिकै पदबाट राजीनामा दिएका थिए । जसका कारण सभामुख पद रिक्त छ । नयाँ सभामुख चयनका लागि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र निकै रस्साकस्सी चलिरहेको छ । सभामुख चयनको विषयलाई लिएर नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पटक-पटक छलफल भएपनि कुनै सहमति हुन सकेन । प्रतिनिधिसभाको सभामुख पद रिक्त रहेको करिब चार महिना हुन लाग्दा पनि चयन हुन सकेको छैन । गत आइतबार बसेको नेकपाको सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङफेलाई पदबाट राजीनामा दिन निर्देशन दिए पनि उनले सभामुखको अडान त्यागेकी छैनन् । पार्टीले राजीनामा माग गरेपछि उपसभामुख तुम्बाहाङफेले माघ ६ गतेसम्मका लागि समय माग गरेकी थिइन् । सभामुखको टुंगो लगाउन नसकिरहेको सत्तारुढ दल नेकपाभित्र पछिल्लो समय अध्यक्षद्वयबीच चिसोपन बढ्दै गएको छ । दुबै अध्यक्षले आ–आफ्नो तर्फबाट सभामुखको नाम सिफारिस गरेपछि विषय पेचिलो बन्दै गएको हो । सभामुख चयनको विषयले किनारा नपाउँदा पछिल्लो समय प्रतिनिधिसभाको बैठक समेत प्रभावित बन्दै आएको छ । पुष ११, १६ र २७ गते डाकिएको बैठक सूचना टाँस गरेर स्थगित भएको थियो । यसरी कानुन बनाउने र जनताका हकअधिकारका कुराहरु उठाउने, बहस गर्ने थललोलाई सत्तारुढ दल नेकपाले आफ्नो विभागजस्तो बनाउनु दुखदायी हो । यो नेकपाको विभागमा कुनै सदस्य चयनको विषय होइन भन्‍ने हेक्का नेकपाका अध्यक्षद्वयले राख्‍नुपर्छ । एक सार्वभौम मुलुकमा संसदीय सर्वोच्चता हुन्छ । एउटा संसदले सरकार चयन गर्छ, न्यायापालिकामा प्रधानन्यायाधीश सिफारिस गर्छ अनि संवैधानिक निकायका प्रमुखहरुको चयनका लागि आवश्यक कारबाही अघि बढाउने हैसियत राख्‍छ । किनकी संसद भनेको जनताको प्रतिनिधि संस्था हो । तर, नेकपाले आफ्नो स्वार्थका कारण संसदलाई आफ्नो विभाग वा पार्टीको भ्रातृसंस्थाको पदाधिकारी चयनजस्तो गरी रस्साकस्सी गर्नु लोकतान्त्रिक प्रणालीमाथिकै प्रहार हो । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका राज्य मुख्य तीन अंग भए पनि पछिल्लो समय कार्यापलिकाले सबै अधिकार आफ्नो हातमा लिएर व्यवस्थापिका र न्यायापालिकालाई कमजोर पार्ने खेलमा लागेको भन्‍ने टिप्पणी भइरहेका बेला फेरि एक पार्टीको भागबण्डाका कारण सिंगो संसदलाई अवरोध गर्नु गैरलोकतान्त्रिक प्रणाली र संघीयता विरोधी कदम हो । हिजोका दिनमा संसद भनेको बोकाको टाउको राखेर कुकुरको मासो बेच्‍ने थलो भन्‍ने र संघीयतालाई बयलगाडा चढेर अमेरिका पुगिन्‍न भन्‍नेहरुबीचको भागबण्डाभन्दा माथि उठेर संसदमा बहुमत प्राप्त दलले नैतिक रुपमा भए पनि चाँडो सभामुख चयन प्रक्रियालाई अघि बढाउनुपर्छ । संसदलाई पार्टीको बन्धक बनाउनु हुँदैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ ५ २०७६०७:१९:४२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend