आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

योगेश भट्टराई मन्त्री हुँदा कांग्रेसलाई फाइदा, पर्यटन क्षेत्रका संस्थामा धमाधम जित !

योगेश भट्टराई मन्त्री हुँदा कांग्रेसलाई फाइदा, पर्यटन क्षेत्रका संस्थामा धमाधम जित !

  • आइतवार, माघ ५ २०७६

  • 5.6K
    SHARES

  • काठमाडौं– एमाले र माओवादी एकता भएर बलियो भएको नेकपा निकटका उम्मेदवारलाई हराउँदै कांग्रेसले पर्यटन क्षेत्रका संस्थामा लगातार जित निकाल्दै आएको छ । तत्कालिन एमाले निकटहरुले जितेका पर्यटन क्षेत्रका संस्थाहरुको नेतृत्व एकपछि अर्कोगरी कांग्रेस निकट ब्यवसायीहरुको हातमा पुगेको हो।

    शुक्रबार भएको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा)मा पनि यस्तै भयो । नाट्टाको निर्वाचनमा नेपाली कांग्रेस निकट अच्यूत गुरागाई अध्यक्षमा निर्वाचित भए। नेकपा निकट भीमप्रसाद पन्तको समूह पराजीत भएको छ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई पार्टीका पर्यटन विभाग इन्चार्ज भएपछि भएका प्रायः सबै संगठनका निर्वाचनमा नेकपा निकट ब्यवसायी पराजीत भएका छन् । यसअघि ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) टानको निर्वाचनमा पनि नेपाली कांग्रेस निकट खुमबहादुर सुवेदी बिजयी भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ ५ २०७६०३:५८:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend