आइतवार, माघ ५ २०७६
काठमाडौं– सिन्धुपाल्चोकको बाह्रबीसे बजारमा स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । अरनिको राजमार्ग आसपासका घर टहरा भत्काएको विषयमा स्थानीयले प्रदर्शन गरेपछि उत्पन्न भएको तनावका कारण कर्फ्यु लगाइएको हो ।
जिल्ला प्रशासन कार्यालयले आज बिहान विज्ञप्ति प्रकाशन गर्दै कर्फ्यु लगाएको जानकारी दिइएको छ । बाह्रबीसे नगरपालिका वडा ३, ४, र ९ को अरनिको राजमार्गमा आसपास बनाइएका अस्थायी संरचना भत्काएको विषयमा स्थानीयले प्रदर्शन गरेका थिए । प्रदर्शनले उग्र रुप लिएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले कर्फ्यु आदेश जारी गरेको हो ।
प्रजिअ गोमादेवी चेम्जोङले अहिले बिहान ८ देखि बेलुकी ५ बजेसम्म कर्फ्यु लगाइएको विज्ञप्तिमार्फत जनाएकी छन् । हुलदंगा र अशान्ति हुन सक्ने सम्भावना देखिएकाले स्थानीय प्रशासन ऐन २०२८ को दफा (३क) बमोजिम कर्फ्यु लगाइएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।