म्याग्दी – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र अमेरिकी सहयोग सम्बन्धी प्रस्ताव मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे विवाद चलिरहेको छ ।
वरिष्ठ नेता माधवकुमार नेपालसहित अधिकांश नेता एमसीसीको विरोधमा रहेका बेला प्रवक्ता नारायणकाजी श्रेष्ठ भने सांसद बन्न पाइने भएपछि एमसीसीको समर्थनमा उत्रिएका छन् ।
माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेका श्रेष्ठ निर्वाचित हुने लगभग निश्चित छ । सांसद बनेर मन्त्री बन्ने लाइनमा रहेका भनेर चर्चामा आएका श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुशी पारेर आकर्षक मन्त्रालय हात पार्न चाहेकाले एमसीसीको समर्थन गरेको चर्चा नेकपाभित्र चलेको छ ।
राष्ट्रियसभा निर्वाचन प्रचारप्रसारको क्रममा म्याग्दीको सदरमुकाम बेनी आएका नेकपा सचिवालय सदस्य समेत रहेका श्रेष्ठले राष्ट्रहितमा हुने गरी एमसीसी पारित गर्ने भन्दै समर्थन गरेका छन् ।
सरकार स्वतन्त्र परराष्ट्र नीतिको पक्षमा रहेको बताउँदै नेता श्रेष्ठले एमसीसीबारे अनावश्यक टिकाटिप्पणी गर्न आवश्यक नरहेको बताएका छन् । नेकपामा भीम रावलले एमसीसीका राष्ट्रघाती प्रावधानको खुलासा गरिरहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।