खोटाङ – उदयपुर जिल्लाको बंशिलाघाटमा अटो दुर्घटना हुँदा खोटाङको जन्तेढुंगा गाउँपालिका १ देवीस्थान मैनटारका पूर्व माओवादीबाट निर्वाचित वडा सदस्य गणेश खड्काको मृत्यु भएको छ ।
उदयपुरको चौदण्डीगढी नगरपालिका–१ चौदण्डीको बंशिलाघाटमा शुक्रवार भएको अटो दुर्घटनामा गम्भीर घाइते भएका वडा सदस्य खड्काको शनिबार उपचारका क्रममा मृत्यु भएको छ ।
उदयपुरको बेलटारबाट घर जाने क्रममा आफैंले चलाएको स१ह ३२३७ नम्बरको अटो शुक्रवार सडकबाट करीब १५० मिटर तल खस्दा गम्भीर घाइते भएका र अटोमा एक्लै भएका कारण शनिवार बिहान मात्र उद्धार गरिएको थियो ।
ईलाका प्रहरी कार्यालय बेलटारका प्रहरी निरीक्षक बुद्धीराम चौलागाईंका अनुसार दुर्घटनामा गम्भीर अवस्थामा फेला परेका वडा सदस्य खड्कालाई प्राथमिक स्वास्थ्य चौकी बेलटारमा प्राथमिक उपचार गरेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो ।
वडा सदस्य खड्कालाई अस्पतालले शनिवार दिउँसो मृत घोषणा गरेको छ । रातको समयमा दुर्घटना भएको र साथमा अन्य यात्रु नभएकाले ढिलो जानकारी पाएका कारण खड्काको उपचारमा ढिलाइ भएको प्रहरीले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।