आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रचण्ड र रेनु दाहालको समाचार मात्रै लेखेको भन्दै केपी ओलीका कार्यकर्ताले कुटे पत्रकार !

प्रचण्ड र रेनु दाहालको समाचार मात्रै लेखेको भन्दै केपी ओलीका कार्यकर्ताले कुटे पत्रकार !

  • शनिवार, माघ ४ २०७६

  • 5.0K
    SHARES

  • चितवन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट प्रेस संगठन नेपालका चितवन जिल्ला सदस्य तथा सौराहा अनलाइनका सम्पादक राजेन्द्र आचार्यमाथि प्रधानमन्त्री केपी शर्मा ओली गुटका कार्यकर्ताले शुक्रबार साँझ कुटपिट गरेका छन् । भरतपुरस्थित द तन्दुरी प्यालेसमा दाताज इभेन्टले आयोजना गरेको रात्रीकालीन कार्यक्रममा सहभागी हुन पुगेका पत्रकार आचार्यमाथि सप्तगण्डकी अनेरास्ववियुका नेता हरि आचार्यले आक्रमण गरेका हुन् । राजेन्द्रले हरिमाथि जहिल्यै पनि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको समाचार मात्रै प्रकाशित गर्ने गरेको आरोप लगाएका छन् । ‘तैले सधैं नेकपाका अध्यक्ष प्रचण्ड र मेयर रेनु दाहालको मात्र समाचार किन हाइलाइट गर्छस्’ हरिले एक्कासी आक्रमण गरेको पत्रकार राजेन्द्र आचार्यले बताए । घटनालगत्तै चितवन प्रहरी घटनास्थलमा पुगेको थियो भने आक्रमणकारी आचार्य भागेका थिए । राजेन्द्रमाथि आक्रमण हुँदा सप्तगण्डकी क्याम्पस प्रमुख मणिराज महतो र अन्य विद्यार्थी संगठनका नेताहरूको पनि उपस्थिती रहेको थियो । नेकपामा पूर्व एमाले निकट रहेका हरिले पूर्व माओवादी एवं प्रचण्ड निकट पत्रकार मानिने राजेन्द्रमाथि आक्रमण गरेपछि चितवनमा ओली र प्रचण्ड पक्षको लडाइँ कार्यकर्ता हुँदै पत्रकारसम्म आइपुगेको चर्चा सुरू भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ ४ २०७६१२:५९:५३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend