आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ओली सरकारलाई ‘दलाल’ भन्दै विप्लव नेकपाले निकाल्यो विज्ञप्ति, कारवाही गर्ने धम्की

ओली सरकारलाई ‘दलाल’ भन्दै विप्लव नेकपाले निकाल्यो विज्ञप्ति, कारवाही गर्ने धम्की

  • शुक्रवार, माघ ३ २०७६

  • 3.5K
    SHARES

  • काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई ‘दलाल सरकार’ भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विज्ञप्ति निकालेको छ । दलाल सरकारको संरक्षणमा तराई क्षेत्रका व्यापक वन फडानी भएको भन्दै तत्काल फडानी नरोके कारवाही गर्ने चेतावनी नेकपाले दिएको छ । शुक्रवार नेकपाका अवध प्रदेशका प्रमुख नाथुप्रसाद थारुले प्रेस विज्ञप्ति जारी गर्दै तराई क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापनको नाममा वन तस्कर, कर्मचारी र आईएनजीओ समेत मिलेर वन क्षेत्रको अत्यधिक दोहन गरेको भन्दै तत्काल नरोके कारवाही गर्ने धम्की दिएका छन् । वैज्ञानिक वन व्यवस्थानको नाममा साल लगायतका घना जंगल फडानी गरी वन क्षेत्रलाई उजाड चौरमा परिणत गरिएको गम्भीर आरोप लगाउँदै विज्ञप्तिमा वन फडानीले एकातिर प्राकृतिक प्रकोपको जोखिम बढेको र अर्काेतिर पर्यावरणमा समेत गम्भीर असर पारेको दाबी गरिएको छ । यस्तो छ विज्ञप्ति

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ ३ २०७६०२:२८:४१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend