शुक्रवार, माघ ३ २०७६
ललितपुर– नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले विभिन्न किसिमको स्वार्थका कारण कांग्रेस कमजोर बनेको बताएका छन् ।
ललितपुर जिल्लाको गोदावरी नगरपालिकाको चापागाउँमा बिहीबार वीर गणेशमान सिंह तेस्रो राष्ट्रय खुल्ला किक बक्सिङ प्रतियोगिताको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता बस्नेतले मुलुकमा प्रजातन्त्र ल्याउन भूमिका खेल्नुभएका गणेशमान सिंहको आदर्शलाई अनुशरण गर्नुपर्ने उनले बताए ।
‘हामी विभिन्न किसिमको स्वार्थले लिप्त भएका छौँ । चाहे व्यक्ति होस् । चाहे राजनीतिक दलको नेता होस् । सबै स्वार्थी भयौँ’, उनले भने, ‘हामीले मुलुक र जनताका लागि लोकतन्त्रका लागि गणेशमान सिंहलाई अगाडि राखेर असल व्यवहार कायम गर्न थाल्यौँ भने मुलुकको विकासको लागि जनताले चाहेको लोकतान्त्रिक प्रक्रियालाई संस्थागत गर्न मुलुक अफ्ठ्यारो पर्ने स्थिति छैन ।’
‘राजाले प्रधानमन्त्री खानुसभन्दा, प्रधानमन्त्री खान्न किसुनजीलाई दिनुस् भन्ने गणेशमान सिंहजी हाम्रा अगाडि आज पनि हुनुहुन्छ’, उनले भने, ‘आज सामान्य विषयमा पनि ज्यान छाडेर हामीले एकले अर्कालाई सिध्याउने गर्छौं ।’
‘हामी पार्टीभित्र अन्तरघात गर्ने गर्छौं । उम्मेदवार बन्न नपाए भोट हाल्दैनौं । हराउन हिँड्ने गर्छौं’, उनले भने, ‘जुन किसिमको वातावरण यो मुलुकमा देखा परेको छ, हामी सबैका लागि प्रेरणाको स्रोत पनि गणेशमान सिंहजी हो ।’
नेपाली कांग्रेसका नेता बस्नेतले खेलकुदमा पनि एकले अर्काको खुट्टा तान्ने प्रवृत्ति रहेको बताए । ‘खेल खेलेर खेलाडी बाँच्न सक्छन् भन्ने वातावरण सरकारले बनाउनुपर्छ’, उनले भने, ‘एक्लै खेल्दा खेलाडी बाँच्न सक्छ भन्ने कुरा हामी राजनीति गर्ने नेताहरूले पनि खेलाडीलाई वातावरण बनाइदिनुपर्छ ।’
ललितपुरको चापागाउँमा नेपाली कांग्रेसका युवा नेता मीनकृष्ण महर्जनले संयोजन गरेर गणेशमान सिंहको नाममा किक बक्सिङ प्रतियोगिता गरेको भन्दै केन्द्रीय सदस्य बस्नेतले खुसी व्यक्त गरे ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।