आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अब त्याग गरौं, असल नेता बनौंः युवा नेता राणा

अब त्याग गरौं, असल नेता बनौंः युवा नेता राणा

  • शुक्रवार, माघ ३ २०७६

  • 5.0K
    SHARES

  • ललितपुर– नेपाली कांग्रेसका युवा नेता तथा पूर्वअर्थ राज्यमन्त्री उदयशम्शेर राणाले वीर गणेशमान सिंहले देखाएको त्यागको भावनालाई सबैले अनुशरण गर्ने हो भने देश र जनताको विकास हुने बताएका छन् ।

    ललितपुर जिल्लाको गोदावरी नगरपालिकाको चापागाउँमा बिहीबार वीर गणेशमान सिंह तेस्रो राष्ट्रय खुल्ला किक बक्सिङ प्रतियोगिताको उद्घाटन सत्रलाई सम्बोधन गर्दै युवा नेता राणाले जनआन्दोलन सफल भएपछि राजाले प्रधानमन्त्री बन्न प्रस्ताव राख्दा गणेशमान सिंहले सिधै अस्वीकार गरेको बताए ।

    ‘गणेशमान सिंहलाई जनआन्दोलनपछि राजाले प्रधानमन्त्री बन्न आग्रह गर्दा उहाँले मभन्दा उपयुक्त व्यक्ति तथा अहिले दरबार र कम्युनिस्ट मिलाउन सक्ने व्यक्ति मेरो पार्टीको कार्यबाहक सभापति कृष्णप्रसाद भट्टराई हुनुहुन्छ भनेर किसुनजीको नाममा कुर्सी छाड्नुभयो ।’

    ‘प्रजातन्त्र स्थपित गर्न र त्याग चाहिन्छ’, उनले भने, ‘कुर्सीको मोह हामी सबैलाई लागेको छ । मलाई पनि लागेको छ ।प्रधानमन्त्रीको होइन मन्त्रीको कुर्सी चाहिएको छ । मन्त्री होइन जिएमको भएपनि कुर्सी चाहिएको छ ।’

    ‘सबैलाई कुर्सीको मोह छ । देश र जनताको सेवा गर्ने हो भने गणेशमान सिंहबाट पाठ सिक्नुपर्छ’, युवा नेता राणाले भने, ‘नेता बन्न प्रधानमन्त्री र मन्त्रीनै बन्न पर्दैन । त्याग गर्नुपर्छ ।’

    नेपाली कांग्रेसका नेता राणाले तीन वर्षदेखि किक बक्सिङ प्रतियोगिता सफलताका साथ सम्पन्न गराउँदै आएको भन्दै कांग्रेसका युवा नेता एवम् राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जनको प्रशंसा गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ ३ २०७६०३:०२:२६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend