आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चितवनमा प्रचण्ड–रेणुलाई अर्को झट्का, कम्युनिस्टको गढमा चारतारे झण्डा

चितवनमा प्रचण्ड–रेणुलाई अर्को झट्का, कम्युनिस्टको गढमा चारतारे झण्डा

  • शुक्रवार, माघ ३ २०७६

  • 5.6K
    SHARES

  • भरतपुर–भरतपुर महानगरपालिका–७ को नेपाल रेडक्रस सोसाइटी कृष्णपुर उपशाखामा नेपाली कांग्रेस निकटका उम्मेदवारहरू विजयी भएका छन् ।

    १३ औँ अधिवेशनमा नेपाली कांग्रेस निकटका कृष्णप्रसाद ढकाल नेतृत्वको पूरै टिमले जित हासिल गरेको छ । ढकालले २ सय १६ मतसहित विजयी हासिल गरेका हुन् ।

    बिहीबार साँझ आएको मत परिणामअनुसार ढकालको टिमले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका राजाराम पौडेलको समूहलाई नराम्रो गरेर हराइदिएको हो । पौडेलले जम्मा १ सय ५० मत पाएका थिए । अध्यक्षमा तीन जना प्रतिस्पर्धी थिए । तेस्रो नम्बरमा रहेका अध्यक्षका उम्मेदवार किरण अधिकारीले ६ मत पाएका थिए ।

    नेकपाबाट उम्मेदवार बनेका अध्यक्ष ढकाल सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका कार्यकारी अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ निकटका हुन् । भरतपुर महानगरपालिका वडा नम्बर ७ मा तत्कालीन एमाले अर्थात नेकपाले जितेको थियो ।

    रेडक्रसमा समेत पराजित भएपछि नेकपाका दोस्रो तहका कार्यकारी अध्यक्ष प्रचण्ड र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई तनाब भएको छ ।

    नेपाली कांग्रेसबाट विजयी हुनेमा अध्यक्षमा कृष्णप्रसाद ढकाल, उपसभापतिमा पद्मा अम्गाई ढकाल, सचिवमा राजबहादुर खनाल, कोषाध्यक्षमा दिनेशराज ओस्ती, उपसचिवमा रामचन्द्र चालिसे, उपकोषाध्यक्षमा बुद्धिनाथ अधिकारी रहेका छन् । सदस्यहरूमा सुजना ढकाल, ईन्दिरा अधिकारी पराजुली, राजेन्द्र पौडेल, उदयकृष्ण अधिकारी र कृष्ण कँडेल पनि विजयी भएका छन् ।

    नेपाली कांग्रेसले चितवन जिल्लामा गुमेको आफ्नो बर्चश्वलाई क्रमशः स्थापित गर्दै आएको छ । मिलेर प्रतिस्पर्धीहरूसँग निर्वाचन लड्दा जितिन्छ भन्ने सन्देश चितवनले दिएको छ ।

    प्रचण्डले चितवनलाई आफ्नो किल्लाका रुपमा लिन्छन् । तर, स–साना उपभोक्ता समिति, वडा, रेडक्रस जस्ता जनताको प्रत्यक्ष संलग्नता हुने समितिहरूमा प्रचण्डले गुमाउँदै गएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ ३ २०७६०२:५३:५४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend