आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कांग्रेसले गरीबलाई धनी र धनीलाई झन् धनी बनाउँछ : अध्यक्ष बस्नेत

कांग्रेसले गरीबलाई धनी र धनीलाई झन् धनी बनाउँछ : अध्यक्ष बस्नेत

  • शुक्रवार, माघ ३ २०७६

  • 7.9K
    SHARES

  • ललितपुर – नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले अबको दिन भनेको नेपाली कांग्रेसको दिन हुने बताएका छन् । ललितपुर जिल्लाको गोदावरी नगरपालिकाको चापागाउँमा बिहीवार वीर गणेशमान सिंह तेस्रो राष्ट्रय खुला किक बक्सिङ प्रतियोगिताको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले जनताको भरोसाको पार्टी नेपाली कांग्रेस नै भएको बताए । उनले नेपाली कांग्रेसले मात्रै देश विकास गर्ने भन्दै गरीबलाई धनी र धनीलाई झन् धनी बनाउन सक्ने बताए । ‘आगामी दिन नेपाली कांग्रेसकै छ । कांग्रेसको भविष्य छ । कांग्रेसले मात्रै विकास गर्छ,’ उनले भने, ‘कांग्रेस मात्रै त्यो शक्ति हो देश र जनताको उन्नती, प्रगतिमा विकास गर्छ । धनीलाई झन् धनी र गरीबलाई पनि धनी बनाउने पार्टी नेपाली कांग्रेस हो ।’ तरुण दलका अध्यक्ष बस्नेतले गणेशमान सिंहले देखाएको बाटोमा हिँड्न कठिन भएपनि नेपाली कांग्रेसका नेताहरू त्यो बाटोमा हिँड्नैपर्ने बताए । ‘गणेशमान सिंह हामीले सन्दै आयौं । उहाँको त्याग र आदर्श हो । त्यो बाटोमा हिँड्न कठिन छ,’ उनले भने, ‘त्यो बाटोमा हिँड्न प्रयास गर्नुपर्छ । त्यागी नेताको बाटोमा कांग्रेसका नेताहरू हिँड्नुपर्छ ।’ वीर गणेशमान सिंह तेस्रो राष्ट्रिय खुल्ला किक बक्सिङ प्रतियोगिताको सफलताका लागि उनले बधाई पनि दिएका छन् । अध्यक्ष बस्नेतले १३ औं साफ गेममा पदक बिजेतालाई शुभकामना दिएका छन् । ‘खेलमा जीतहार हुन्छ,’ उनले भने, ‘खेलामा सबैभन्दा ठूलो कुरा अनुशासन हो । अनुशासन भएन भने खेल मात्रै होइन अरु क्षेत्र पनि ध्वस्त हुन्छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ ३ २०७६०२:३३:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend