शुक्रवार, माघ ३ २०७६
काठमाडौं– नेविसंघका निवर्तमान उपाध्यक्ष निलकण्ठ रिजालले सबैलाई स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा जुट्न आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘२०३६ सालको विद्यार्थी आन्दोलनको उपलब्धि हो स्ववियु निर्वाचन । नेपाल विद्यार्थी संघको नेतृत्वमा भएको सो विद्यार्थी आन्दोलनबाट प्राप्त प्रमुख उपलब्धि भएको नाताले स्वबियु संग नेविसंघको आफ्नै किसिमको भावनात्मक साइनो रहेको छ।’
उनले पन्चायती व्यवस्थामा समेत नरोकिएको स्ववियु निर्वाचन गणतन्त्र स्थापना भएदेखि नियमित रुपमा हुन नसकेको भन्दै विभिन्न बहानामा स्ववियु निर्वाचन रोकिदा यसले समग्र विद्यार्थी आन्दोलनलाइनै स्खलित बनाएको बताएका छन् ।
फागुन १४ गतेका लागि घोषणा भएको निर्वाचन कुनै पनि हालतमा रोकिनु नहुने भन्दै उनले यसतर्फ सम्पुर्ण विद्यार्थी संगठनहरु विशेष गरि नेविसंघ अत्यन्त सजग र सतर्क रहन आग्रह गरेका छन् । त्रिभुवन विश्व विद्यालयले ६१ आंगिक सहित करिब ८ सय सम्बन्धन प्राप्त क्याम्पसमा फागुन १४ गते नै निर्वाचन गर्ने तयारी गरेकोछ। उनले नेविसंघका विभिन्न क्याम्पसका विद्यार्थीहरुलाई निर्वाचनको तयारीमा जुट्न आग्रह समेत गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।