सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

प्रचण्डलाई प्रदिप पौडेलको चेतावनी : ‘पाँच हजार जीवन गणितको तथ्यांक मात्रै होइन’

प्रचण्डलाई प्रदिप पौडेलको चेतावनी : ‘पाँच हजार जीवन गणितको तथ्यांक मात्रै होइन’

  • शुक्रवार, माघ ३ २०७६

  • 5.6K
    SHARES

  • काठमाडौं – नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सशस्त्र द्वन्द्वमा आफूले मारेको भनेर सुनाएको पाँच हजारको जीवन गणितको तथ्यांक मात्रै नभएको स्मरण गराएका छन् । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै पौडेलले प्रचण्डले मान्छेको जीवनसँग खेलवाडको भाषा प्रयोग गर्नु उचित नहुने समेत बताएका छन् । उनले लेखेका छन्, ‘प्रचण्डज्यू, मान्छेको जीवनसँग खेलवाडको भाषा प्रयोग गर्नु उचित होइन । पाँच हजार परिवार उजाडिनु, प्रत्येक परिवारलाई कहिल्यै नपुरिने घाउ थोपर्नु र तिनका बालबच्चाको भविष्य लुटिनु कहिल्यै उचित थिएन । याद राखौं, पाँच हजार जीवन गणितको तथ्यांक मात्रै होइन । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यमका सम्पादकहरूलाई मुटु नभएको भनेर अभिव्यक्ति दिएकोप्रति असन्तुष्टि जनाउँदै नेता पौडेलले प्रेस सरकारको भरिया नभएको बताएका छन् । उनले लेखेका छन्, ‘प्रेस सरकारको भरिया होइन । प्रधानमन्त्रीले अलोकप्रियताको ग्राफ चढिरहेको सरकारको प्रशंसाका लागि धम्कीको भाषामा गरेको कुटिल याचनालाई सम्पादकहरूले ठाडै प्रतिवाद गरिरहनुभएको छ । प्रेसको आलोचनात्मक चेत लोकतन्त्रको सौन्दर्य हो । सम्पादकज्यूहरूको कलम र मुटु दुवैलाई नमन !’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ ३ २०७६०१:२४:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend