आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ललितपुरमा किक बक्सिङ प्रतियोगिता भब्य रुपमा शुरु, देउवाले गरे उद्घाटन

ललितपुरमा किक बक्सिङ प्रतियोगिता भब्य रुपमा शुरु, देउवाले गरे उद्घाटन

  • बिहिवार, माघ २ २०७६

  • 6.0K
    SHARES

  • ललितपुर -नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘वीर गणेशमान सिंह स्मृति तेस्रो खुल्ला राष्ट्रिय किक बक्सिङ प्रतियोगिता’को भव्य समारोहका बीच उद्घाटन गरेका छन् । काठमाडौं उपत्यकाकै प्रतिष्ठित खेलका रुपमा लिइने ललितपुर जिल्लाको गोदावरी नगरपालिकाको चापागाउँमा बिहीबर भव्य समारोहका बीच नेपाली कांग्रेसका सभापति देउवाले प्रतियोगिताको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले खेलाडीहरू राष्टरूको शान भएको भन्दै उनीहरूको अनुशासनलाई सबैले अनुशण गर्नुपर्ने बताएका छन् । सभापति देउवाले १३औँ साग गेममा खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेर पदक जितको भन्दै खुसी व्यक्त गरेका छन् । उनले ती खेलाडीहरूलाई बधाइ समेत दिए । वीर गणेशमान सिंह स्मृति तेस्रो खुल्ला राष्ट्रिय किक बक्सिङ प्रतियोगिता आयोजक समितिका संयोजक एवम् राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जनले उद्घाटन सत्रमा उपस्थित प्रमुख अतिथि, अतिथि, खेलाडी, प्रशिक्षक र स्थानीयहरूलाई स्वागत गरेका थिए । उनले वीर गणेशमान सिंहको नाममा बिगत तीन वर्षदेखि लगातार किक बक्सिङ प्रतियोगिता गर्न पाउँदा आफूलाई खुसी लागेको बताए । उनले प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने गोदावरी नगरपालिकादेखि अन्य सहयोगी संस्था र व्यक्तिहरूलाई धन्दावाद समेत दिएका छन् । उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका नेताहरू ज्ञानेन्द्रबहादुर कार्की, मोहनबहादुर बस्नेत, शंकर भण्डारी, एनपी साउद, बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्र बानियाँ, पूर्वअर्थ राज्यमन्त्री उदयशम्शेर राणा, नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत, नेपाली कांग्रेस ललितपुरका सभापति मदनबहादुर अमात्य, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन लगायतका नेताहरूको उपस्थिति रहेको थियो । खचाखच भरिएको खेल मैदानमा हजारौँको उपस्थिति रहेको थियो । तीन दिनसम्म चल्ने प्रतियोगितामा खेलाडी, प्रशिक्षक र आयोजिक स्वयं सेवकहरूलाई खाना र खानाको व्यवस्था समेत रहेको छ । ललितपुर किक बक्सिङ्ग संघका अध्यक्ष विनोद महर्जनले कराते, उसु, किक बक्सिङ, तेक्वाण्डो, आई.टी.एफ., फुल कन्ट्याक्ट कराते, मुआय थाईलगायतका खेल समावेश हुनेछन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका विभागीय टिमहरू पनि प्रतियोगितामा सहभागी हुनेछन् । प्रतियोगितामा पुरुष तौल समूह ५० केजी, ५५ केजी मुनि, ६० केजी मुनि, ६५ केजी मुनि, ७० केजी मुनि र खुल्ला तौलमा खेलाडीले प्रतिस्पर्धा गर्न पाउनेछन् । महिला तौल समूहमा ५० केजी, ५५ केजी मुनि, ६० केजी मुनि, ६५ केजी मुनि र खुल्ला तौलमा खेलाडीले प्रतिस्पर्धा गर्नछन् । प्रतियोगितामा प्रथम हुने खेलाडीलाई रु. ३० हजार, द्वितीय हुने खेलाडीलाई रु. १५ हजार, तृतीय हुने खेलाडीलाई रु. ८–८ हजार नगद पुरस्कार प्रदान गरिनेछ । उत्कृष्ट पुरुष खेलाडीलाई रु. २५ हजार र उत्कृष्ट महिला खेलाडीलाई रु. २५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । सबैभन्दा बढी स्वर्ण पदक हासिल गर्ने टिमलाई टिम च्याम्पियन स्वरुप रु. १ लाख नगद, द्वितीय हुने टिमलाई रु. ५० हजार नगद पुरस्कार प्रदान गरिनेछ । सहभागी टिमलाई ब्रेकफास्ट र लञ्चको व्यवस्था गरिएको प्रतियोगिता आयोजक समितिका संयोजक महर्जनले बताए । उपत्यका बाहिरका खेलाडीहरूलाई खाना र वसोवासको व्यवस्था पनि गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, माघ २ २०७६०१:०६:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend