आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ओली–प्रचण्डविरुद्ध संघर्ष नछाड्ने तुम्बाहाम्फेको औपचारिक घोषणा

ओली–प्रचण्डविरुद्ध संघर्ष नछाड्ने तुम्बाहाम्फेको औपचारिक घोषणा

  • बुधवार, माघ १ २०७६

  • 4.6K
    SHARES

  • नुवाकोट – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकबाट निर्णय गराएका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन निर्देशन दिएपनि उनले दुवैविरुद्ध संघर्ष नछाड्ने औपचारिक घोषणा गरेकी छन् । बुधबार गोसाइकुण्ड युवा क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै तुम्बाहाम्फेले सभामुख पदमा अन्तिमसम्म संघर्ष गरिरहने बताइन् । ओली–प्रचण्डले उनलाई उपसभामुखबाट राजीनामा गराएका आफ्ना मान्छे सभामुख बनाउने लडाइँ गरिरहेका छन् । माघ ६ गते प्रतिनिधिसभाको बैठक डाकेर प्रक्रियाअनुसार चल्ने समेत उपसभामुख तुम्बाहाम्फेले बताइन् । ‘सभामुखका लागि मेरो संघर्ष अन्तिमसम्म कायम रहन्छ,’ उनले भनिन्, ‘संसदले मूल्यांकन गर्नसक्ने भएका कारण एउटै विषयमा अड्किरहनु हुँदैन ।’ सभामुख पदको झगडाका कारण संसदलाई धेरै समय रोक्नु नहुने समेत उनले बताइन् । उनले सभामुख पदमा आफू नै सक्षम रहेको बताइन् । ‘प्रतिनिधिसभा सार्वभौम हो । मैले संविधानलाई कार्यान्वयन गर्छु भन्दा एउटा दलले मलाई निर्देशन दिन सक्दैन,’ उनले भनिन् । उपसभामुखलाई राजीनामा गराएर प्रतिनिधि सभालाई नेकपाले नेतृत्वविहीन बनाउन नमिल्ने उनले बताइन् । ‘जब दलले आफ्नो उम्मेदवार तय गर्छ, तब म राजीनामा दिन्छु,’ उनले भनिन्, ‘दलले राजीनामाका लागि निर्देशन दिन सक्दैन ।’ तुम्बाहाम्फेले आफू ५ वर्ष काम गर्न उपसभामुख निर्वाचित भएको अवस्थामा अझै ३ वर्ष बाँकी रहँदा अस्वाभाविक ढंगले हटाउन नमिल्ने उनको दाबी छ । ‘तत्कालीन सभामुख (कृष्णबहादुर महरा) एउटा घटनामा मुछिनुभयो । उहाँको पद खाली भयो, त्यो पद खाली रहेपछि स्वाभाविक रूपमा मेरो दाबी हो,’ उपसभामुख तुम्बाहाम्फेले भनिन्, ‘मैले गल्ती गरेकी छैन । अर्काको गल्तीमा म भागिदार बन्न सक्दिनँ, आफ्नो पद पनि छाड्दिनँ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, माघ १ २०७६०३:३३:४१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend