नेपालगञ्ज – स्थानीय तह निर्वाचनमा पूर्व एमालेबाट निर्वाचित बाँके जिल्लाको कोहलपुर नगरपालिका–१२ का वडाध्यक्ष कृष्णबहादुर खड्का भारतमा मृत भेटिएका छन् ।
मृत भेटिएका खड्काको शव भारतको उत्तर प्रदेश राज्यको बहराइचको शंकर होटेलमा बुधवार फेला परेको जनाइएको छ ।
नगरपालिकाका प्रवक्ता माधव रिजालले खड्काको मृत्यु भएको जानकारी आएपछि जनप्रतिनिधिको टोली बहराइच जान लागेको बताए । ६८ वर्षीय खड्का नगरपालिकाको चुनावमा पूर्व एमालेबाट विजयी भएका थिए, उनी हाल नेकपाका नेता थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।