तनहुँ – जिल्लाको देवघाट गाउँपालिका–५ स्थित कालिमाटीमा प्रहरीको ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परेर ३० जना घाइते भएका छन् । मृत्यु हुनेमा प्रहरी जवान सन्दीप केसी छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका ५ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
देवघाटको मेलाबाट ड्युटी गरी फर्किएको प्रहरीको ट्रक कालिमाटीमा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका इन्सपेक्टर बुद्धि सुवेदीले जानकारी दिए ।
उनका अनुसार देवघाटधाममा ड्युटी गरी फर्कंदै गरेको प्रहरीको ट्रक मोड नपुगेर दुर्घटनामा परेको अनुमान गरिएको छ । ३४ जना सवार ट्रक सडकबाट करीब ५० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।