आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

देशभरिका कार्यकर्तालाई ठेस पुग्ने गरेर गतिविधि गर्ने अधिकार देउवा र पौडेललाई छैन : खतिवडा

देशभरिका कार्यकर्तालाई ठेस पुग्ने गरेर गतिविधि गर्ने अधिकार देउवा र पौडेललाई छैन : खतिवडा

  • बुधवार, माघ १ २०७६

  • 6.1K
    SHARES

  • काठमाडौं - नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले शेरबहादुर देउवाले रामचन्द्र पौडेलको र रामचन्द्र पौडेलले शेरबहादुर देउवाको आलोचना गरेर पार्टी दह्रो नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै खतिवडाले एउटा नेताले अर्को नेतालाई गाली गरेर कांग्रेस पार्टी बलियो नहुने बताए । ‘गुट–उपगुटको राजनीतिले पार्टीका केही नेताहरूलाई फाइदा होला । तर, कांग्रेसलाई नोक्सान हुन्छ’, उनले भने, ‘पार्टीमा पहिलो जिम्मेवारी भनेको फस्टम्यानको हुन्छ । पार्टी कमजोर हुँदा शेरबहादुर देउवालाई फाइदा हुँदैन । अरु नेताहरूलाई पनि हुँदैन ।’ ‘नेताहरूमा पहिला पार्टी बलियो बनाउनेभन्दा पनि आफू बलियो बन्न लाग्दा समस्या आयो । नेतालाई गाली गर्ने कुरा अन्त्य गर्नुपर्छ’, उनले भने, ‘पहिला कांग्रेस बलियो भयो भने पार्टीभित्रको समस्या आफै समाधान हुन्छ ।’ सभामुख नियुक्त गर्न सरकारले चार महिनादेखि नसकेको बताएका खतिवडाले भने, ‘यस्तो अवस्थामा हामी एक भएर सरकारलाई दवाव दिने बेला कांग्रेसभित्र घरझगडा ल्याएका छौँ ।’ ‘सभामुखमा प्रचण्डलाई आफ्ना मान्छे चाहिएको छ । केपी ओलीलाई हुक्के बैठके चाहिएको छ । यस्तो बेला कांग्रेसले घर झगडा गर्ने होइन’, उनले भनेका छन्, ‘संसद खुलाउन हामीले दवाव दिनुपर्छ ।’ नेता कृष्णप्रसाद सिटौला, महामन्त्री डा.शशांक कोइरालाले सभापति शेरबहादुर देउवालाई हटाउने भनेर सार्वजनिक ठाउँमा गाली गरेकोमा आपत्ति जनाएका युवा नेता खतिवडाले भने, ‘पार्टीलाई गाली गरेर कोही पनि माथि पुगिदैन । नेतालाई आलोचना गर्ने भनेको पार्टी कार्यालयको बैठक र कोठाभित्र हो । गाली गरेर समाचार छपाएर कोही ठूलो हुँदैन ।’ बिगतमा शेरबहादुर देउवा र रामचन्द्र पौडेलले पनि कांग्रेसलाई के गरेका थिए भन्ने कुरा कार्यकर्ताहरूलाई थाहा रहेको बताएका खतिवाडाले भने, ‘देशभरिका कार्यकर्तालाई ठेस पुग्ने गरेर गतिविधि गर्ने अधिकार उहाँहरूलाई छैन । कांग्रेस कमजोर बनाउने अधिकार पनि छैन ।’ ‘देउवा, पौडेलहरूको बिगतमा खुट्टी देखेका हौँ । आफूलाई हुँदा सबै ठीक । नपाउँदा बेठिक भन्नु हुँदैन’, उनले भने, ‘कार्यकर्तालाई निरास बनाउने अधिकार तपाईहरूलाई छैन ।’ देउवालाई हटाउने भनेर असन्तुष्ट पक्षका नेताहरूले दिएको अभिव्यक्तिका विषयमा युवा नेता खतिवडाले भने, ‘कसले विश्राम लिने नलिने कार्यकर्ताले निर्णय गर्ने हो । अहिलेका कार्यकर्ता नेताको टोकरीका कार्यकर्ता होइनन् । देउवालाई हटाउने वा नहटाउने कुरा १४औँ महाधिवेशनले टुंगो लगाउँछ । सडकबाट फाल्छु भन्ने कुरा कसैले पत्याउँदैनन् ।’ ‘यो नेतृत्व असफल भयो भने व्यक्ति मात्रै होइन देश नै असफल हुन्छ’, उनले भने, ‘कम्युनिस्ट सरकारले प्रेस खरिद गर्ने नाममा २५ अर्ब ५० करोडको ठेक्का आफू निकटको कम्पनीलाई दिइएको छ । कमिशन खानको लागि नीतिगत भ्रष्टाचार भएको छ ।’ नेपाली कांग्रेसका नेताहरूलाई कम्युनिस्टहरूले लगाउने गरेको भ्रष्टाचार आरोपको खण्डन गरेका खतिवडाले भने, ‘भ्रष्टाचार गर्न कांग्रेस र कम्युनिस्ट मिलेका छन् भने दुभाग्य हो । तर, हाम्रा कांग्रेसका नेताले गल्ती गरेका छन् भने कारबाही गर । अहिलेको यति बलियो सरकारले दोषीलाई कारबाही गर्न चुनौती दिन्छु ।’ ‘सुब्बा, खरदारलाई कारबाही गरेर झिनामसिना कुरामा सरकार लागेको छ । सचिव, मन्त्री फेरेर नियम पविर्तन गरेर भ्रष्टाचार भएका छन् । सरकार घर जग्गा लिजमा दिने काम भएको छ । वाइडबडी, सुनकाण्ड भएका छन्’, उनले भने, ‘अरुलाई तर्साएर । राजश्व विभाग, सम्पत्ति सुद्धीकरण विभाग, राष्ट्रिय अनुसन्धान विभाग आफू मातहत राखेर ओलीजीले देश असफल बनाउन लाग्नुभएको छ ।’ प्रधानमन्त्री ओली एउटा कम्पनीको सिइओ बनेर बसेको आरोप खतिवडाले लगाए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, माघ १ २०७६०९:१९:५६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend