आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ओखलढुंगामा राई परिवारले दियो कांग्रेसलाई निःशुल्क बस्ने घर, कार्यकर्ताहरूमा उत्साह

ओखलढुंगामा राई परिवारले दियो कांग्रेसलाई निःशुल्क बस्ने घर, कार्यकर्ताहरूमा उत्साह

  • बुधवार, माघ १ २०७६

  • 5.2K
    SHARES

  • ओखलढुंगा - प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस ओखलढुंगाका पूर्वसभापति स्व.प्रेमराज राईका छोरा एवम् कांग्रेसका युवा नेता राजबाबु किरातीले कांग्रेसको पार्टी कार्यालय राख्नका लागि आफ्नो घर निःशुल्क रुपमा दिएका छन् । ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकाको वडा नम्बर १ मा रहेको आफ्नो घरलाई युवा नेता किरातीले नेपाली कांग्रेसको गाउँपालिकास्तरीय कार्यसमितिको कार्यालय राख्न एउटा घर निःशुल्क दिएका हुन् । नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य समेत रहेका राईले आफ्नो घर नेपाली कांग्रेसलाई निःशुल्क रुपमा पार्टी कार्यालय सञ्चालन गर्न दिएपछि मानेभञ्ज्याङका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूमा उत्साह थपिएको छ । किरातीले उपब्ध गराएको घरमा नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले पार्टी कार्यालयको विधिवत रुपमा सञ्चालनमा ल्याइदिएका हुन् । खतिवडाले भने, ‘स्व।बलबहादुर राई, स्व।प्रेमराज राईको नेपाली कांग्रेसमा ठूलो योगदान छ । उहाँहरूबीना ओखलढुंगामा नेपाली कांग्रेस अपुरो छ । राजबाबु किरातीले आफ्नो घर कांग्रेसलाई पार्टी कार्यालय सञ्चालन गर्न दिएर अर्को गुन लगाउनु भएको छ ।’ खतिवडाले राई परिवारले कांग्रेसप्रति देखाएको मायाप्रेमको नेपाली कांग्रेस ओखलढुंगाले उच्च सम्मान गर्ने बताए । युवा नेता किराती नेपाली कांग्रेसका नेता स्व।बलबहादुर राईका नाती हुन् । नेपाली कांग्रेसको राजनीतिमा ठूलो प्रभाव राख्ने राई परिवारलाई ओखलढुंगामा मात्र नभई देशैभरिका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले सम्मानका साथ नाम लिने गर्छन् । पूर्वमन्त्री समेत भएका स्व।बलबहादुर राईले ओखलढुंगा जिल्लाको विकासमा ठूलो योगदान गरेका थिए । उनका छोरा स्व।प्रेमराज राईले पनि नेपाली कांग्रेस ओखलढुंगाको जिल्ला सभापति भएर कांग्रेसको संगठन र जिल्लाको विकासमा योगदान पु¥याएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, माघ १ २०७६०९:१०:५३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend