आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पूर्वमाओवादी समुहले खोल्यो केपी ओली माथि फायर, बालुवाटारमा हंगामा !

पूर्वमाओवादी समुहले खोल्यो केपी ओली माथि फायर, बालुवाटारमा हंगामा !

  • बुधवार, माघ १ २०७६

  • 6.6K
    SHARES

  • काठमाडौं–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले भावी सभामुखको टुंगो लगाउन सकेको छैन । पछिल्लो पटक आइतबारका लागि बोलाइएको बैठक नेकपाका शीर्ष नेताहरूको अनुरोधमा माघ ६ गतेसम्मका लागि रोकिएको छ।

    प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई बालुवाटार बोलाएर पार्टीबाट भावी सभामुख टुंग्याउन प्रयास भइरहेको भन्दै बैठक स्थगित गर्न अनुरोध गरेका थिए।

    पार्टीबाट सभामुखको उम्मेदवार छान्न ९ दिन बैठक रोकेका नेताहरूबीच भने सभामुख चयनको विषय पेचिलो बन्दै गएको छ। तत्कालै निकास निकाल्नेभन्दा पूर्वएमाले र पूर्वमाओवादी पक्षले आ–आफ्ना अडानलाई यथावत् राख्दै एकअर्कालाई गलाउने रणनीतिमा दुबै पक्ष लागेका छन्।

    पूर्वमाओवादी पक्षधर नेताहरूले गतिरोधको मुख्य कारण प्रधानमन्त्री ओली भएको आरोप लगाएका छन्। नेकपा स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले प्रधानमन्त्री ओलीले डाडुपन्यु आफ्नै हातमा लिन खोज्दा अहिलेको अवस्था आएको तर्क गरे। नेकपामा अहिले पनि पूर्वएमाले र पूर्वमाओवादी पक्ष रहेको र उनीहरूबीच मुख्य विषयमा भागबन्डा हुनुपर्ने उनको भनाइ छ।

    दुई वर्षअघि तत्कालीन एमाले र माओवादी केन्द्रबीच भागबन्डा हुँदा प्रतिनिधि सभाको सभामुख माओवादीको भागमा परेको थियो। पार्टी एकता हुँदा सरकार आलोपालो गर्ने सहमति भएको भए पनि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल भएपछि यो सहमति खारेज भएको गजुरेलले बताए।

    प्रधानमन्त्रीसँग कार्यकारी अध्यक्ष साटफेर गरेको भन्दै उनले पहिला आफ्नो भागमा परेको सभामुख अहिले छोड्न नमिल्ने बताए। सतहमा हेर्दा उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा नदिएर बैठक सरेको जस्तो देखिए पनि यथार्थमा सरकारकै कारण संसद अवरुद्ध भएको गजुरेलको भनाइ छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, माघ १ २०७६०४:१९:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend