आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मार्सीवाला दुर्गा प्रसाईँले बनाइदिए नारायणकाजी, गिरिराजमणि र श्रीकृष्ण गिरीलाई नांगेझार !

मार्सीवाला दुर्गा प्रसाईँले बनाइदिए नारायणकाजी, गिरिराजमणि र श्रीकृष्ण गिरीलाई नांगेझार !

  • बुधवार, माघ १ २०७६

  • 6.3K
    SHARES

  • काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले आफूसँग २० करोड घुस मागेको विषय पेचिलो बन्दै गएको छ ।

    उनले गत साता पत्रकार सम्मेलन गरी बी एन्स सी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन गिरीले आफूसँग २० करोड घुस मागेको खुलाएका थिए । गिरीले त्यसैदिन पत्रकार सम्मेलन गरी घुस नमागेको र प्रमाण दिन चुनौती दिएका थिए । तर, प्रसाईले घुसकाण्डबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरणलाई छानबिन गर्न निवेदन दिएका छन् ।

    प्रसाईको यो निवेदनसँगै गिरी अनुसन्धानमा तानिने निश्चित छ । साथै, उनको पदसमेत धरापमा परेको छ । त्यति मात्र होइन, प्रसाईले घुसकाण्डमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र शिक्षामन्त्री गिरिराजमणि पोखरेलको समेत नाम पोलेका छन् । गिरीले प्रसाईसँग घुस माग्दा नेकपा प्रवक्ता श्रेष्ठ र शिक्षामन्त्री पोखरेललाई पनि भाग दिनुपर्ने उल्लेख गरेको उनले सार्वजनिक रूपमै बताएपछि श्रेष्ठ र पोखरेलको इमानमा दाग लागेको छ ।

    श्रेष्ठ र पोखरेल नेकपामा इमान्दार नेताका रूपमा परिचित छन् । तर, यो घटनाले दुवैको राजनीतिक छवि धुमेलिने निश्चित छ । पूर्वमाओवादी नेताहरूलाई भ्रष्टाचारमा मुछेर बदनाम गर्ने ढंगले घुसकाण्ड सार्वजनिक गरिएको नेकपा नेताहरू बताउँछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, माघ १ २०७६०४:०२:५६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend