आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ओली–प्रचण्डलाई मार्सी भात खुवाउने प्रसाईं यसरी फसे ठूलो फन्दामा, जेल सजाय हुनसक्ने !

ओली–प्रचण्डलाई मार्सी भात खुवाउने प्रसाईं यसरी फसे ठूलो फन्दामा, जेल सजाय हुनसक्ने !

  • मंगलवार, पौष २९ २०७६

  • 10.1K
    SHARES

  • काठमाडौं – तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणको छलफल चल्ने क्रममा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मार्सी चामलको भात खुवाएर चर्चामा आएका मेडिकल कलेज सञ्चालक दूर्गा प्रसाईं ठूलो फन्दामा फसेका छन् । हालसालै नियुक्त भएका चिकित्सा शिक्षा आयोग उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले दुर्गा प्रसाईंविरूद्ध अदालतमा मुद्दा दायर गरेका छन् । प्रस्तावित बिएण्डसी मेडिकल कलेज सञ्चालक प्रसाईंविरूद्ध गिरीले काठमाडौं जिल्ला अदालतमा मंगलबार मुद्दा दायर गरेका छन् । गिरीले प्रसाईंविरूद्ध गालीबेइज्जती तथा मानहानीको मुद्दा दायर गरेका हुन् । गिरीले मुद्दा जितेमा प्रसाईंलाई जेल सजाय समेत हुनसक्ने जनाइएको छ । प्रसाईंले पत्रकार सम्मेलन गर्दै गिरीले घुस मागेको आरोप लगाएका थिए । बिएण्डसी मेडिकल कलेजको सम्बन्धन निवेदन लिएर आयोग जाँदा गिरीले निवेदन दर्ता नगराई २० करोड रूपैयाँ घुस मागेको आरोप प्रसाईंले लगाएपछि गिरी अदालत गराएका हुन् । ‘उहाँले झूटा तथा कपोलकल्पित आरोप लगाएर बेइज्जत गरेपछि मुद्दा दायर गरेको छु,’ गिरीले भने । प्रसाईंले सोमबार गिरीविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दर्ता गराएका छन् । दुवै एकअर्काविरुद्ध मुद्दा दायर गरेर कानुनी कारवाही खोजिरहेका छन् । प्रधानमन्त्री ओलीको गृहजिल्ला झापामा मेडिकल कलेज चलाएर प्रचण्डसँग समेत निकट रहेका प्रसाईं पटक–पटक विवादास्पद अभिव्यक्ति र गतिविधिका कारण चर्चामा आउने गरेका छन् । दुवै नेताको राजनीतिक आडमा प्रसाईंले मेडिकल कलेज खोलेको आरोप समेत उनीमाथि लाग्ने गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, पौष २९ २०७६०२:१६:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend