आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कास्कीमा किन नमाज्जाले पराजित भयो कांग्रेस ? यस्तो छ नालीबेली !

कास्कीमा किन नमाज्जाले पराजित भयो कांग्रेस ? यस्तो छ नालीबेली !

  • मंगलवार, पौष २९ २०७६

  • 5.7K
    SHARES

  • पोखरा - नेपाली कांग्रेस कास्कीले कास्की क्षेत्र नं २ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको समीक्षा भेला गरेको छ । समीक्षामा जिल्ला कार्यसमिति कास्की, क्षेत्रीय समिति र सम्बन्धित क्षेत्रका वडा ईकाइ सभापतिको सहभागिता रहेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए । सत्तारुढ नेकपाले राज्य शक्तिको दुरुपयोग गरेर उपनिर्वाचनलाई आफ्नो पक्षमा बनाएको निष्कर्ष निकालेको कांग्रेसले लोकतान्त्रिक प्रक्रियालाई स्वीकार गरेर अगाडि बढ्ने निर्णय गरेको छ । भेलाले केही वडाहरूमा पार्टीको विगतको तुलनामा मत बढेको र केहीमा घटेको भन्दै त्यसलाई सुक्ष्म अध्ययन गरी पार्टीलाई सशक्त बनाउन जुट्ने निर्णय गरेको छ । भेलामा कांग्रेस केन्द्रीय सदस्य डा.मीलेन्द्र रिजालले कास्कीमा निर्वाचनको परिणाम चित्त बुझ्दो नभएपनि उपनिर्वाचनमा कांग्रेसको पक्षमा ६ प्रतिशत मत बढेको बताए । भेलामा नेपाली कांग्रेसका नेता तारानाथ रानाभाट, शुक्रराज शर्मा, पूर्वमन्त्री यज्ञबहादुर थापा, राष्ट्रियसभा सदस्य बृन्दादेवी राना लगायतका १५ जना नेता तथा कार्यकर्ताले आफ्नो भनाइ राखेका थिए । कार्यक्रम कास्की कांग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, पौष २९ २०७६११:२६:१२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend