काठमाडौं - कान्तिपुर टेलिभिजनका एजीएम भूषण दाहालले राजीनामा दिएका छन् । उनले राजीनामाले कान्तिपुर टेलिभिजनभित्र हँगामा भएको छ ।
झण्डै १७ वर्ष योगदान गरेर दाहाल सोमबारमात्र कान्तिपुर टेलिभिजनबाट विदा भएका छन् ।
उनको विदावरीको कारण भने अझै खुलेको छैन । पुस २४ गते राजीनामा गरे पनि उनले राजीनामा माघ १ गतेदेखि लागू हुने गरी दिएका छन् ।
यसबीचमा आधा दर्जनजति समाचार विभाग प्रमुख हेरफेर भए पनि दाहालको भने पद, सुविधा र प्रतिष्ठा बढ्दैआएको थियो । तर एकाएक विदावरी भएपछि त्यहाँ कार्यरत कर्मचारी र पत्रकार तरंगित भएका छन् ।
भूषण दाहाल कान्तिपुरका एजिएममात्र थिएनन् । उनी नेपाली टेलिभिजनका टावर पर्सनालिटी पनि थिए । टेलिभिजनको गहना मानिए पनि उनको यात्रा टुंगिएको छ ।
यसबीचमा दाहाललाई अन्य टेलिभिजनबाट पटकपटक अफर आए पनि उनले कहिल्यै कान्तिपुर टेलिभिजनका प्रबन्ध निर्देशक कैलाश सिरोहियालाई छोड्न चाहेनन् ।
भूषण दाहालको विदाइसँगै नेपाली टेलिभिजनको सबैभन्दा लामो कार्यक्रम फायरसाइडको भविष्य के हुने भन्ने प्रश्न उठेको छ । दाहालले स्थापनाकालदेखि नै समसामयिक टक शो कार्यक्रम फायरसाइड चलाउँदैआएका थिए ।
कान्तिपुरमै कार्यरत पत्रकार तथा कर्मचारी तीन छक्क परे पनि दाहालको विदावरीबारे न त व्यवस्थापन बोलेको छ न त दाहाल स्वयंले केही खुलाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।