आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

योगेश भट्टराईले गरे अर्को विवादस्पद काम, कानुन मिचेर सगरमाथामा खेलबाड

योगेश भट्टराईले गरे अर्को विवादस्पद काम, कानुन मिचेर सगरमाथामा खेलबाड

  • मंगलवार, पौष २९ २०७६

  • 6.4K
    SHARES

  • काठमाडौं– विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणको उपयुक्त समय (बसन्त र शरद ऋतु) मै सगरमाथामा ट्राफिक जाम भयो भनेर विश्वभर नकारात्मक सन्देश फैलिएको समयमा सगरमाथामा पुनः नियम विपरितका कामहरु गर्ने तयारी भएको छ । सगरमाथामा कानुन विपरित काम गर्ने तयारी भएको हो।

    नेपाल भ्रमण बर्षका लागि भन्दै नियम विपरित पर्यटन विभागमा दैनिक फाईलहरु आउने क्रममा बृद्धि भएको पनि विभागले जनाएको छ। विभिन्न टे«किङ एजेन्सीले विभिन्न उच्च निकायका अधिकारीको नाम लिएर भ्रमण बर्षमा सहयोग गर्न भन्दै कानुनविपरितका कामहरुको अनुमति लिन आउने क्रममा बृद्धि भएको विभागका अधिकारीहरु बताउँछन्।

    यस्तै एउटा प्रयास हो – सगरमाथाको चुचुरोबाट स्काइ डाइभिङ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भटराई निकटका पर्यटन व्यवसायी इश्वरी पौडेल स्काइ डाइभिङको अनुमतिका लागि दैनिक विभागमा धाउँदै आएको विभागका अधिकारीहरु बताउँछन्।

    हिमालय गाइड्स ट्रेक नामक कम्पनीमार्फत उनले भ्रमण बर्ष सफल बनाएर विश्वमा नेपाललाई चिनाउन भन्दै सगरमाथावाट स्काइ डाइभिङ गर्नका लागि अनुमतिको लविङ गर्दै आएका छन्।

    विभागको पर्वतारोहण शाखाका अनुसार नेपाल पर्वतारोहण नियमावली २०५९ मै व्यवस्था नभएको कुरालाई निर्देशिकाको आधारमा सगरमाथावाट स्काइ डाइभिङका लागि विभागमा अनुमति मागिएको छ।

    पौडेलले वार्म स्प्रीङ प्रोडक्सन युएसएबाट मार्क पेरिले जहाजको सहयोगबाट हाम्फालेर चुचुरोमा पाइला टेकी नयाँ कीर्तिमान बनाउने प्रस्ताव राखेपछि अनुमतिको लविङ गरेको विभागले जनाएको छ।

    यसअघि पनि पौडेलकै अल्पाइन एड्भेन्चर नामक एजेन्सीले सन् २०१४ मा मन्त्रालयवाट सगरमाथावाट स्काइ डाइभिङ गने अनुमति लगेको थियो। तर, मन्त्रालयका कर्मचारीलाई प्रभावमा पारी बिना हस्ताक्षर दुई जनाको लागि अनुमति लिएको एड्भेन्चरले स्काइ डाइभिङ गर्न भने असफल भएको थियो।

    त्यतिबेला पनि उनले नियमविपरित आधिकारिक हस्ताक्षरबिनै अनुमति लिएको विभागका कर्मचारी बताउँछन्। अहिले फेरी उच्च नेतृत्वको निर्देशनमा पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले सगरमाथाको चुचुरोबाट स्काइ डाइभिङ गर्न पाइने भन्दै प्रारम्भिक स्वीकृति दिएका छन्। यसअघि पनि मन्त्रालयले अनुमति दिएकाले आफुले प्रारम्भिक स्वीकृति दिएको घिमिरेले बताए।

    पर्वतारोहण शाखाले नियमविपरित भएको भनेर रोकेको काम महानिर्देशकलाई प्रलोभनमा पारेर स्वीकृति दिन बाध्य बनाइएको विभागकै कर्मचारीहरु बताउँछन्।

    नेपालको हिमाललाई देखाएर विभिन्न देशका साहसिक पर्यटक भित्र्याउने योजना बोकेर भ्रमण बर्षको आयोजना गरेको सरकारले विना तयारी किर्तिमानी कार्य गर्दा हिमालकै सान गुम्ने खतरा भएको पर्यटन व्यवसायीहरु बताउँछन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, पौष २९ २०७६०३:३६:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend