आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

माघीका लागि भोलिदेखि लगातार ३ दिन सार्वजनिक बिदा

माघीका लागि भोलिदेखि लगातार ३ दिन सार्वजनिक बिदा

  • मंगलवार, पौष २९ २०७६

  • 7.3K
    SHARES

  • धनगढी – कैलाली जिल्लाको कैलारी गाउँपालिकाले माघी पर्वको अवसर पारेर भोलि बुधबारदेखि लगातार ३ दिनसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ । थारु बाहुल्य क्षेत्र रहेको गाउँपालिकाले माघ १, २ र ३ गते बिदा दिने निर्णय गरेको जनाइएको छ । सोमबार बसेको गाउँसभाको बैठकले माघ पर्वको लागि तीन दिन बिदा दिने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ७ का वडाध्यक्ष कमलप्रसाद चौधरीले जानकारी दिए । थारु समुदायको बाहुल्यता रहेको गाउँपालिकामा करीब ९३ प्रतिशत थारु समुदायको बसोबास छ । माघी थारु समुदायको नयाँ वर्ष र सबैभन्दा ठूलो पर्व हो । सुदूरपश्चिम प्रदेश सरकारले पनि माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै माघी पर्वको अवसरमा बिदा दिइएको जनाएको हो । यसअघि साउन ८ गते बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, पौष २९ २०७६०१:०९:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend