आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कांग्रेसमा स्व. राईको योगदान सम्झिँदा निकै भावुक बने रामहरि खतिवडा !

कांग्रेसमा स्व. राईको योगदान सम्झिँदा निकै भावुक बने रामहरि खतिवडा !

  • सोमवार, पौष २८ २०७६

  • 5.5K
    SHARES

  • काठमाडौं – प्रजातन्त्रवादी नेता स्व. प्रेमराज राईको श्रद्धाञ्जलि सभामा उनको योगदानबारे चर्चा गर्दा नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडा निकै भावुक बनेका छन् । ओखलढुंगा जिल्ला कार्यसमितिले आयोजना गरेको स्व. राईको १५ औं दिनमा आयोजित स्मृति श्रद्धाञ्जलि सभामा पूर्व सांसद समेत रहेका नेता खतिवडा भावुक बनेका हुन् । ‘उहाँ राष्ट्रवादी, प्रजातन्त्रवादी र जनतासेवी नेता हुनुहुन्थ्यो,’ सांसद खतिवडाले सम्झिए, ‘उहाँको मनमा मैले सत्ता वरिपरि हुँदा अकुत सम्पत्ति जम्मा गर्नुपर्छ भन्ने कहिल्यै भएन । उहाँ सादा र निष्ठावान व्यक्तित्व हुनुहुन्थ्यो ।’ देश विकासका लागि सबै पार्टी मिल्नुपर्ने बेला कम्युनिस्टहरूले निरंकुशता लाद्न खोजिरहेको समेत नेता खतिवडाले बताए । ‘हामीले देखिराखेको छौं कम्युनिस्ट पार्टीभित्र नै एउटा सभामुख छान्न नसकेर हरेक बिहान चिया–रोस्ट, दिउँसो कफी र बेलुका खाना खाएर दिन बिताइरहेको अवस्था छ,’ उनले भने, ‘सबै मिल्नुपर्ने बेला कुनै एउटा पार्टीको आन्तरिक विवादले देशलाई अनिर्णयको बन्दी गराउनु हुँदैन ।’ नेपाली कांग्रेसमा पनि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष भएकाले यसलाई समेत अन्त्य गर्नुपर्ने नेता खतिवडाले बताए । ‘मुलुकलाई समृद्धिको बाटोमा लैजानलाई तेरो–मेरो होइन, हाम्रो र राम्रो मान्छेलाई छान्न अनुरोध छ,’ उनले भने । अमेरिकी सहयोगको एमसीसी परियोजना लिने कि नलिने भनेर झण्डै दुईतिहाइ बहुमतको सरकारले निर्णय गर्नुपर्ने बताउँदै नेता खतिवडाले भने, ‘नेपालको सार्वभौम एकता, हकअधिकारमाथि दखल नपुग्ने गरी जुनैसुकै देशले नेपालले सहयोग गर्न खोज्यो भने देशको कानुनभित्र रहेर लिनुपर्छ जस्तो लाग्छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष २८ २०७६०१:५१:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend