आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

माघ १० गते सार्वजनिक विदा दिने निर्यण

माघ १० गते सार्वजनिक विदा दिने निर्यण

  • सोमवार, पौष २८ २०७६

  • 4.6K
    SHARES

  • हेटौंडा - बागमती प्रदेशको मन्त्रिपरिषद बैठकले तामाङ समुदायको चाड सोनाम ल्होछारमा सार्वजाजिक बिदा दिने निर्णय गरेको छ । माघ १० गते पर्ने पर्ने ल्होछार पर्वका लागि सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकटेलले जानकारी दिएका छन् । सार्वजनिक बिदासहित बैठकले ७ वटा निर्णय गरेको छ । बैठकले अन्तर प्रदेश बासिन्दाको सामान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यबस्था गर्न विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने, आर्थिक वर्ष ०७७–७८ को लागि संघीय बिषेश अनुदान सम्बन्धमा, संघीय समपुरक अनुदान सम्बन्धमा, स्थानीय तहलाई दिइने प्रदेश समपुरक अनुदानको दोस्रो चरणका योजनाहरू स्वीकृत गर्ने निर्णय गरेको छ । यसैगरी घरेलु तथा साना उद्योग कार्यालय सम्बन्धमा, प्रदेश दुग्ध विकास बोर्ड ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक स्वीकृत सम्बन्धमा र प्रदेश स्वास्थ्य सेवा नियमावली, २०७६ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिए । प्रदेशको नामाकरणा र राजधानीको टुंगो लगाएपछि बागमतीको यो पहिलो मन्त्रिपरिषद् बैठक हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष २८ २०७६०९:४५:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend