आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भक्तपुर कांग्रेस सर्यो नयाँ भवनमा

भक्तपुर कांग्रेस सर्यो नयाँ भवनमा

  • सोमवार, पौष २८ २०७६

  • 4.5K
    SHARES

  • भक्तपुर - नेपाली कांग्रेस भक्तपुरले सुविधा सम्पन्न घर पार्टी कार्यालयका लागि भाडामा लिएको छ । भक्तपुरको सल्लाघारीबाट नगरकोट जाने मूलबाटोमा पर्ने ईट्टापाखी भन्ने ठाउँमा नेपाली कांग्रेस भक्तपुरले पार्टी कार्यालयका लागि नयाँ भवन भाडामा लिएको हो । यसअघि रहेको पार्टी कार्यालय साँघुरो भएपछि पार्टी कार्यालय सारिएको नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले जानकारी दिए । ‘पहिलाको पार्टी कार्यालय पनि ठिकै थियो’, उनले भने, ‘राजनीतिक गतिविधि गर्न हामीलाई केही असजिलो भइरहेको थियो । नयाँ भवन ल्याएका छौँ । भ्रातृ संस्थाहरूलाई पनि ठाउँ दिनुपर्ने भएकाले नयाँ कार्यालय ल्याएका हौँ ।’ नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापाले नयाँ पार्टी कार्यालय अलिक फराकिलो ठाउँमा रहेकाले नेता तथा कार्यकर्ताहरूलाई आवत जावत गर्न सजिलो हुने बताएका छन् । ‘सल्लाघारी नजिकै नगरकोट जाने मुख्य सडकमै पार्टी कार्यालय रहेको छ’, उनले भने, ‘अब कार्यकर्ताहरूका लागि थोरै भएपनि सहज हुनेछ ।’ नेपाली कांग्रेस भक्तपुरले आफूलाई संगठनात्मक रुपमा क्रियाशील बनाउँदै लगेको छ । नेपाली कांग्रेस भक्तपुरको नयाँ पार्टी कार्यालयमा नेपाल तरुण दल क्षेत्र नम्बर १ को कार्यालय पनि रहनेछ । प्रदेश सभाको उपनिर्वाचनमा भक्तपुरमा नेपाली कांग्रेसले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवारलाई पराजित गरेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष २८ २०७६०९:४३:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend