आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सभामुख प्रकरणमा तनाबमा परेकी डा.तम्बाहाङफे एकाएक अस्पताल पुगेपछि

सभामुख प्रकरणमा तनाबमा परेकी डा.तम्बाहाङफे एकाएक अस्पताल पुगेपछि

  • सोमवार, पौष २८ २०७६

  • 4.7K
    SHARES

  • काठमाडौं - राजीनामालाई लिएर विवाद भइरहेका बेला उपसभामुख डा.शिवमाया तुम्बाहाङफे उपचारका लागि वीर अस्पताल पुगेकी छिन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूलाई लिएर उपसभामुख डा.तुम्बाहाङफे वीर अस्पताल पुगेकी हुन् । उनले वीर अस्पतालमा होलबडी चेकअप गर्नेछिन् । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओली र दोस्रो तहका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले उपसभामुख पदबाट राजीनामा दिन दवाव दिइरहेका बेला डा.तुम्बाहाङफे उपचारका लागि अस्पताल पुगेकी छिन् । स्रोतका अनुसार डा.तुम्बाहाङफेलाई तनाव महशुस भएको थियो । डा.तुम्बाहाङफेको सचिवालयले नियमित चेकअपका लागि वीर अस्पताल गएको जनाएको छ । ओली र दाहालले राजीनामा दिन दवाव दिएपनि डा.तुम्बाहाङफेले राजीनामा दिन अस्वीकार गर्दै आएकी छिन् । स्रोतका अनुसार डा.तुम्बाहाङफेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले साथ दिएकी छिन् । राष्ट्रपति भण्डारीकै सुझाव र सल्लाहमा डा.तुम्बाहाङफेले राजीनामा नदिएको चर्चा छ । प्रधानमन्त्री ओलीले सुवासचन्द्र नेम्वारूलाई सभामुख बनाउन खोजेका छन् । तर, दाहालले अग्नि सापकोटालाई सभामुख बनाउन चाहेका छन् । सभामुख बन्न पम्फा भुसाल, देव गुरुङ पनि पर्खेर बसेका छन् । सभामुख पूर्वमाओवादीको भागमा परेअनुसार अहिले पनि आफूहरूले पाउनुपर्ने नेकपाका दोस्रो कार्यकारी अध्यक्ष दाहालको दाबी छ । ओलीले पार्टी एकीकरण भइसकेका कारण भागबण्डाभन्दा पनि आवश्यक्ता र समय परिवेशअनुसार नेम्वाङलाई बनाउनुपर्ने अडानमा रहेका छन् । सभामुख पद पूर्वमाओवादीले छाड्ने हो भने संवैधानिक परिषदमा दाहालको प्रतिनिधि हुनेछैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष २८ २०७६०९:१६:५४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend