आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

गिरिजापुत्री सुजाताको आरोप : सीमा मिचिँदा पनि ओली सरकार राष्ट्रवादको स्वाङ गर्दै !

गिरिजापुत्री सुजाताको आरोप : सीमा मिचिँदा पनि ओली सरकार राष्ट्रवादको स्वाङ गर्दै !

  • आइतवार, पौष २७ २०७६

  • 6.1K
    SHARES

  • काठमाडौं – नेपाली कांग्रेसका पूर्व सभापति स्व. गिरिजाप्रसाद कोइरालाकी पुत्री तथा नेत्री सुजाता कोइरालाले पार्टीमा गुट समाप्त नभएमा पार्टी समाप्त हुने दाबी गरेकी छन् । गिरिजाप्रसाद कोइराला फाउन्डेसन भक्तपुरले आईतबार आयोजना गरेको ‘जीपी कोइरालाको जीवनवृत्त एवं परिचर्चा’ विषयक अन्तर्क्रियामा उनले कांग्रेस बनाउन कांग्रेसभित्रका गुटलाई समाप्त गर्नुपर्नेमा जोड दिएकी छन् । फाउन्डेसनका केन्द्रीय अध्यक्ष कोइरालाले बहस र छलफलका माध्यमबाटै पार्टीभित्रको समस्या समाधान गरी अघि बढ्नुपर्छ भन्दै देशको सीमा मिचिँदा सरकारसँगै कांग्रेस नेतृत्वले पनि आवाज उठाउनुपर्नेमा चुकेको बताएकी छन् । कोइरालाले देशको सीमा मिचिँदा कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार भने राष्ट्रवादको कुरामै सीमित भएको आरोप लगाउँदै भनिन्, ‘देशको भूमि छिमेकीले हडपिसक्यो तर सरकार भने एक इञ्च पनि छोडिँदैन भनेर राष्ट्रवादको स्वाङ गरिरहेको छ ।’ कार्यक्रममा अर्थशास्त्री डा. विश्व पौडेलले नेपालको आर्थिक विकासको इतिहाससँगै हाल चर्चामा रहेको अमेरिकी सहयोग कार्यक्रम एमसीसीबारे विस्तृत चर्चा गरेका छन् । पूर्व राजदूत जयराज आचार्यले संक्रमणकालीन अवस्थामा पनि प्रधानमन्त्री भएका बेला गिरिजाप्रसाद कोइरालाले देशको आर्थिक विकासमा जोड दिएको बताएका छन् । कार्यक्रममा कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा र फाउन्डेसनका भक्तपुर अध्यक्ष विदुरमानसिंह बस्नेतले नेपाली राजनीतिमा स्व. कोइरालाको योगदानबारे चर्चा गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष २७ २०७६०२:५५:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend