सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कालो पट्टी बाँधेर सूचना प्रविधि विद्येयक सच्याउन माग

कालो पट्टी बाँधेर सूचना प्रविधि विद्येयक सच्याउन माग

  • आइतवार, पौष २७ २०७६

  • 6.3K
    SHARES

  • खोटाङ- नेपाल विद्यार्थी संघ खोटाङले सूचना प्रविधि विद्येयक सच्याउन माग गरेको छ । नागरिकको स्वतन्त्रताको अधिकारमाथि नियन्त्रण गर्नेगरी सूचना प्रविधि विद्येयक ल्याएको भन्दै नेपाल विद्यार्थी संघले मुखमा कालोपट्टी बाँधेर आईतबार प्रमुख जिल्ला अधिकारी बिष्णुहरि उपाध्ययमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र पठाउँदै विद्येयक सच्याउन माग गरेको हो । नेपालको संविधानले आम नागरिकलाई मौलिक हककारुपमा प्रदान गरेको वाक स्वतन्त्रतालाई कटौती गर्दै निरंकुसता र अधिनायकवाद लाद्ने बद्नियतले सूचना प्रविधि विद्येयक ल्याउन लागेकाले कालो पट्टी बाँधेर विद्येयक सच्याउन माग गरिएको नेपाल विद्यार्थी संघ खोटाङका अध्यक्ष राजकुमार बस्नेतले बताए । वाक स्वतन्त्रता हरण गर्ने अवस्था आउन लागेको भन्दै नेविसंघका नेता तथा कार्यकर्ता मुखमा कालोपट्टी बाँधेर ज्ञापनपत्र बुझाउन जिल्ला प्रशासन कार्यालय पुगेका थिए । ‘सरकारले नागरिक अधिकार कटौती गर्दै असहमतीको आवाजलाई निष्तेज बनाउन सामाजिक जीवनमाथि नै बन्देज लगाउनेगरी विद्येयक ल्याएको छ,’ अध्यक्ष बस्नेतले भने, ‘यसले सरकार कसैले बिरोध नगरिदियोस् भन्ने चाहन्छ । नागरिकलाई थाहै नदिइ लुट मच्याउन चाहन्छ । मुलुकलाई नर्कमा फर्काउन चाहेको प्रष्ट रुपमा देखिएको छ ।’ सरकारको निरंकुस र अधिनायकवादी चरित्रको घोर भत्र्सना गर्दै नेविसंघले नागरिकको मौलिक अधिकार सुनिश्चित गर्ने उच्चतम व्यवस्था लोकतन्त्र र लोकतन्त्रको सबैभन्दा आकर्षक पक्षकारुपमा रहेको वाक स्वतन्त्रताको जगेर्नाका लागि सूचना प्रविधि विद्येयक सच्याउनुको विकल्प नभएको जनाएको छ । समग्र बिश्व सूचना तथा प्रविधिको क्षेत्रमा लम्किरहेकोबेला सामाजिक सञ्जाल, टेलीफोनमा निगरानी गर्ने र सञ्चार माध्यममाथि सेन्सरसिपको अवस्था आउनसक्ने गरी ल्याएको प्रावधानले नागरिक स्वतन्त्रताको अधिकारमाथि प्रत्यक्ष नियन्त्रण गर्ने अध्यक्ष बस्नेतले बताए । सर्वसत्तावाद, निरंकुस र गैर–लोकतान्त्रिक व्यवस्थासँग साईनो जोड्ने विद्येयकले कसैलाई पनि लोकतन्त्रले दिएको अधिकार प्रयोग गर्ने सुविधा नदिने नेविसंघले जनाएको छ । बहुमतको नाममा जुनसुकै वाहनामा विद्येयक ल्याइए पनि विद्येयकमा व्यवस्था गरिएको दण्डको व्यवस्थाले सरकारको कुनियत स्पष्ट भएको नेविसंघको ज्ञापनपत्रमा उल्लेख छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले बहुमतले पारित गरेको सूचना प्रविधि विद्येयक हाल प्रतिनिधिसभामा लैजाने तयारी भइरहेको छ ।  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष २७ २०७६०१:०२:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend