आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

उपसभामुखसँग ओली र प्रचण्ड वाक्क ! महाअभियोग लगाउने तयारी

उपसभामुखसँग ओली र प्रचण्ड वाक्क ! महाअभियोग लगाउने तयारी

  • आइतवार, पौष २७ २०७६

  • 5.8K
    SHARES

  • काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेलाई महाअभियोग लगाउने विषयमा छलफल भएको छ । नेकपाको सचिवालय बैठकले शनिबार उपसभामुखलाई राजीनामा दिन निर्देशन दिएको थियो । तर, उनले नेकपाको उक्त निर्देशन मानिन् । आफू नेकपाको कार्यकर्ता नभएकाले राजीनामा दिने बताउँदै आएकी छन्। यही क्रममा पार्टीको निर्देशनअनुसार तुम्बाहाङ्फेले राजीनामा नगरे महाअभियोग लगाउने चर्चा नेकपाभित्र सुरु भएको छ। आइतबार नेकपा शीर्ष नेताहरुको छलफलमा उपसभामुख तुम्बाहाङ्फेमाथि महाअभियोग लगाउने विषयमा छलफल भएको बुझिएको छ । नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले उपसभामुखले राजीनामा दिएर संवैधानिक जटिलता फुकाइदिनुपर्ने बताए। उनले राजीनामा नदिए पार्टीले थप कदम चाल्ने उनको भनाइ थियो। नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले उपसभामुखले राजीनामा दिनुको विकल्प नरहेको बताए। नेम्वाङले पनि उपसभामुखले राजीनामा नदिए पार्टीले कदम उठाउने बताए। त्यो कदम के हुने भन्नेचाहिँ उनले बताएनन्। उपसभामुखमाथि नेकपाले महाअभियोग लगाएको खण्डमा दुईतिहाइ बहुमतले संसदबाट पारित गर्नु पर्ने हुन्छ। तर, अहिले नेकपासँग दुईतिहाइ बहुमत छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष २७ २०७६१२:२९:४७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend