काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेपाललाई आधुनिक बनाउने काम कांग्रेसले गरिरहेको बताएका छन् ।
पृथ्वीनारायण शाहको जन्मजयन्ती अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महतले नेपाललाई आधुनिकतामा रूपान्तरण गर्ने अभियान कांग्रेसले सुरु गरेको र यो जारी रहेको बताएका हुन् ।
आधुनिक नेपाल बनाउने अभियानमा केही चुनौती देखिए पनि त्यसलाई चिरेर अघि बढ्ने उनको भनाइ छ ।
नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकार संविधानको उल्लंघन गर्न उद्यत रहेको आरोप उनले लगाए । संविधान मिच्दै स्वतन्त्रता खोस्ने काम गरिरहे नेपाली कांग्रेस र नेपाली जनताले त्यसको प्रतिकार गर्ने उनले बताए ।
महतले कूटनैतिक हिसाबले सरकार असफल साबित भएको दाबी समेत गरे ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।